अखिल क्रान्तिकारीले गर्‍यो यस्तो अाग्रह सहित शैक्षिक हड्‍ताल

काठमाडौं। नेरास्वविययु (क्रान्तिकारी) भोलि (अाइतबार) शैक्षिक संस्था बन्द गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो ।

यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाइको माग गरेका थिए । सिंहले सम्मेलनको तयारीमा रहेका नेता-कार्यकर्ता विना कारण गिरफ्तार गरेको भन्दै शैक्षिक हड्‍ताल गर्ने चेतावनी दिएका थिए । सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्‍ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

“सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ” अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो । भोलि शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा अाग्रह गरेको छ ।

यसैबीच सुर्खेत र बैतडीबाट तीन तीन जना विद्‍यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव दिपेन्द्र लगाउनेलाई काठमाडौंको कमलपोखरीस्थित प्रहरी वृतमा राखिएको छ । चलाउनेमाथि सार्वजनिक मुद्दा लगाए