गुप्तचरसहित शक्तिशाली विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा

प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण विभागहरु प्रत्यक्ष आफ्नो मातहत ल्याएका छन्। विभिन्न मन्त्रालयहरु मातहत रहेका विभागहरुलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् मातहत ल्याइएको हो।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पती शुद्धिकरण अनुसन्धान विभाग जस्ता शक्तिशाली निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको हो।

अनुसन्धान विभाग गृह मन्त्रालय मातहत थियो। जून प्रभावकारी हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो। अन्तराष्ट्रिय प्रलचन अनुसार सो विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको एक अधिकारीले बताए।

त्यस्तै सम्पती शुद्धिकरण अनुसन्धान विभाग जो सुकै व्यक्तिमाथि छानबिन गर्न सक्ने अधिकार भएको निकाय हो। तर, विभागले प्रभावकारी रुपमा काम गर्न सकेको छैन।