बिना निष्कर्ष टुङ्गियो बाम गठबन्धन र फोरमबीचको वार्ता

वाम गठबन्धन र संघीय समावजादी फोरमबीचको छलफलल बिना निष्कर्ष टुङ्गिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले–माओवादी तथा फोरमबीच भएको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन । छलफल सफल नभएपछि बिहीबार पनि सरकारले पूर्णता नपाउने भएको छ ।

वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको छलफलमा सहभागी फोरमका एक शीर्ष नेताले जानकारी दिए । फोरमले तीन वटा मन्त्रालय मागेको छ । यसमा एमाले–माओवादी सकारात्मक भएका छैनन । उनीहरु शुरुमा फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिने सोचमा रहेपनि फोरम सरकारमा आउने भए बढीमा दुई वटासम्म मन्त्रालय दिन सकिने मानसिकता छन् । तर, फोरमले तीन मन्त्रालयको दाबी छाडेको छैन ।

वाम गठबन्धन र फोरमभित्र फेरि आन्तरिक छलफल गरि नेताहरुलाई ‘कन्भिन्स’ गर्ने गरि आजको छलफल सकिएको ती नेताले बताए । संविधान संशोधनमा खासै समस्या नरहेको पनि उनले बताए ।

‘संविधान संशोधनका विषयमा उहाँहरु ९एमाले–माओवादी० पनि सकारात्मक हुनुहुन्छ’, फोरम नेताले भने, ‘कार्यदल बनाएर टुङ्ग्याउने कुरामा दुवै पक्ष सहमत छौँ । तर, अहिले सरकारमै भागबण्डा मिलेको छैन ।’

पार्टीभित्रको आन्तरिक छलफलपछि फेरि फोरम र वाम गठबन्धनबीच छलफल हुने नेताहरुले बताएका छन् । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेताहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादवको उपस्थिति रहेको थियो ।