सामाजिक दलाल सत्ताको दिन गन्ती सुरु

उत्तर साम्राज्यवादको दलाली गर्न नेपालमा वलि सरकार वनेको छ । यसले एकातिर कम्युनिष्ट जामा लगाएर कम्युनिष्टलाई मन पराउने नेपाली जनताको जनमत लिन सफल भएको छ  र दलाल सत्ताको नेतृत्व गरेको छ । अर्को तिर सवैले देखेको र वुझेको विषय अमेरिकी उत्तरसाम्राज्यवादको दादागिरिका विरुद्ध विश्वभरि विशाल जनमत सृजना भइरहेको छ ।

लेखक

विश्वभरिका राष्ट्रहरु र स्वयम् अमेरिका भित्र यसको गलत रवैयाको तिव्र आलोचना भईरहेको छ । साना राष्ट्रहरुमा गरिएको नाकावन्दि र शैन्य आक्रमण विरुद्ध बलियो जनमत वन्दै गईरहेको छ । अमेरिकाले अन्य साना देशमा गरेको नाकावन्दी र शैन्य आक्रमणको खासै पुष्टि गर्न सकेको छैन । जुन कारण अमेरिका तिव्र विवादमा फस्दैगईरहेको छ । अमेरिकाको शैन्य उन्मादका विरुद्ध अधिकांश देशहरु खडा भैसकेका छन । यसवाट के स्पस्ट छ भने अमेरिकी साम्रज्यवाद चौतर्फी घेराबन्धीमा पर्दै आएको छ ।

विश्वभरिवाट अमेरिकी साम्राज्यवाद साथै उसको निर्देशनमा काम गर्ने दलाल संसदिय व्यवस्थाको अवसान हुदैछ । जसको प्रत्यक्ष प्रभावले गर्दा नेपालको राजनिति दुई धारमा विभाजित भएको छ । संशदिय दलाल सत्ताको धार जो साम्राज्यवादको गुलामी गर्दछ र दाेस्रो वैज्ञानिक समाजवादी धार जसले उत्पीत राष्ट्रहरुको पक्षमा वकालत गर्दछ । दलाल संसदिय धारको नेतृत्व माके एमाले गठजोडले गरेको छ भने वैज्ञानिक समाजवादी धारको नेतृत्व नेकपाले गरेको छ ।

यता नेपाल कम्यूनिष्ट पार्टीले फरक जनताको सनसत्ता स्थापित गरेको छ । पतनशिल पुरानो संसदिय दलाल सत्ता र उदियमान नयाँ जनवादी सत्ताविचको लडाई चलिरहेको छ । यकातिर नेकपाको मातहतमा जनदालत,जनसत्ता,सेना र जनसरकारहरु निमार्ण र कार्य सञ्चालन गरिरहेको छ भने अर्कोतिर मुट्ठीभर सामाजिक दलाल पुँजीवादीहरु (माके एमाले गठजोड)ले सत्ता सञ्चालन गरेको छ । जुन सत्ताको समर्थनमा जनता होईन सत्ता र वन्दुकको आडमा जनताका विरुद्ध अन्तिम लडाईमा जुटिरहेको छ ।

अमेरिकी उत्तर साम्राज्यवाद र भारतिय साम्राज्यवादको एजेण्ड सुस्मा स्वराजको प्रत्यक्ष निर्देशनमा वनेको सामाजिक दलाल पुजिवादीहरुको सत्ताले सफत खायको २४ घण्टा नवीदै हाम्रो युवासंगठनको शान्तिपुर्ण राष्ट्रिय सम्मेलनमा हस्तक्षेप गर्याे, पार्टीका स्थाई समिति सदस्य क.सुदर्शन लगाएतका दर्जनौ नेता कार्यकर्ताहरुको गिरप्तार गर्यो । हिजोमात्र हाम्रो संगठनका महासचिव दिपेन्द्र चलाउनेलाई विनाकारण यो राज्यले गिरप्तार गरेको छ । लोकतन्त्रमा जनताको वाक स्वतन्त्रता र शान्तिपुर्ण भेला सम्मेलन गर्न पाउँने जनताको अधिकारको बर्खिलाप गरेको छ । आफुलाई लोकतन्त्रवादी भनेर नथाक्ने अझ समाजवादी कम्युनिष्ट भन्न मनपराउने पिकेकेपी गठजोडको मुकुण्डो च्यातिएको छ । यो गठजोडको यस्तो हर्कतले यीनीहरु कुनै कम्यूनिष्ट नभै फाशिष्ट ,तानासाही हुन भन्नेकुरा दिनको घाम जतिकै छर्लङ्ग भएको छ ।

यो तिव्र मुठभेटले दलाल सत्तावाट फेरी जनता ससंकित भइरहेका छन । आफैले वानाएको कानुनको घाँटि रेटेर यो सत्ताले गर्न खोजेको के हो ? यसले किन शान्तिपुर्ण भेलासम्मेलनमा हस्तक्षेप गरेको होला ? सत्ताले किन जवर्जस्त एकलौटी दमन गरेर यूद्ध थोपरेको होला ? यस्तो सरकारी रवैयाको प्रतिरोध नेकपाले कसरि गर्छ होला प्रतिरोधले नेपालले फेरी यूद्ध वेहेर्नु पर्ने त होइन ? यी यावत प्रश्नहरु आम जनता वुद्धिजिविहरुले गरिरहेका छन । सत्तासीन दलका नेताहरुको यो रवैयाले त्यही पार्टी भित्रका सोझा इमान्दार नेता कार्यकर्ताहरु पनि तिन छक्क परेका छन भने अन्य वाहिरका क्रान्तिकारी कम्युनिष्टहरुले उक्त रवैयाको विरोध गर्नु सोभाविक हुने नै भयाे ।

जनकारवाहीमा तिव्र दमन

हाम्रो पार्टी नेकपाले नेपालमा क्रान्तिको नेतृत्व गर्दै आईरहेको छ । सुरुमा हामीले गाउँगाउँवाट भ्रस्टहरुलाई कालो माेसो लगाएर जनतावाट वहिस्कार गर्न लगायौं । त्यो गाउवाट सुरुभएर लोकमान सम्म पुग्यो त्यसले जनतामा आशावाद जगायो । त्यसपछि यो संसदिय दलाल व्यवस्थाको स्थानीय चुनावलाई सशक्त वहिस्कार नै गर्याे । संघ र सभाको चुनाव पनि शसक्त वहिस्कार पार्टीको निर्देशनमा जनताले गरे त्यसले जनतामा धेरै उत्साहा प्रदान गर्यो । त्यसछि जनताको अरवौ भ्राष्टाचार गर्ने चुडामणीको एक हजार देखी पन्द्रसयसम्मको मासले सामुहीक रुपमा घरमा कालो व्यानर टासेर सवै सम्पति जनताको नाममा कव्जा गरे जो जनताले गरेको पहिलो नपुना कार्वाही थियो । यसले जनतालाई फेरी उत्साहा प्रदान गर्यो ।

दलाल सरकारले स्थानिय चुनाव ,संघ र सभाको चुनावमा धेरैजनतालाई गिरप्तार, धरपकड, झुट्टा मुद्धा लगायर जेल हाल्यो दुख दियो । नेकपाको निर्देशनमा राष्टघाती सम्झौताका विरुद्ध र ६० अरव राजस्वो छलि गर्ने जनतामारा एनसिएलका देशैभरीका टाउरहरु एकपछि अर्को धोस्त हुन थाले पछि । सामाजिक दलालहरुको वलि सरकार रन्थनियर जनयूद्धकै झल्को दिने गरि हाम्रा नेता कार्यकर्ताहरु, सुभचिन्तक जनताहरुमा तिव्र दमन,धरपकड,चरम यातना दिने जस्ता अमानविय हर्कतहरु गर्न थाल्यो । जुन जनयूद्धमा दलाल सामन्ती सत्ताले आफ्नो वर्गको सुरक्षाको लागी भिषण दमन द्धारा सिद्याउने सपना देखेको थियो जुनकुरा असम्भव भयो ।

आज नाम धारी कम्युनिष्ट सारमा सामाजिक दलाल पुजीवादी सत्ताले तेही असम्भव सपना देखेर नेकपा र आम जनतालाई दमनको भाष वोलिरहेको छ । यो सत्ता प्राप्तिको लडाई भएकोले यो स्वभाविक पनि हो । यो लडाई सत्ता प्राप्तीको हो । सत्ताप्राप्तिको संघर्षमा ठुलठुला क्षतिहरु हुन्छन । दमन,गिरप्तार,हत्या,अपहरण,वलत्कार वेपत्ता अमानविय यातनाहरु स्वभाविक हुन्छन जो हामीले जनयूद्धमा कोर्ष पुरा गरिसकेका छौ । आज ओली दलाल सरकारले आफ्नो वर्गको रक्षा गर्न त्यही दिशामा अगाडी वढेको छ ।

जसको कारण हाम्रो पार्टीलाई नयाँ ठाउँमा स्थापीत पनि गरेको छ । आम यूवाविद्यार्थीहरु तिव्र संगठित भएका छन जनताहरु सजक र सचेत भएका छन । निरास सहिदपरिवार आम जनता तिव्र आशावादी भइरहेका छन । नेकपा प्रति आमजनसमुदायहरुमा भरोशा र विश्वास पैदा गर्न सफल भएका छौ । वास्तवमै नेकपालाई क्रान्तिकारी पार्टीको मुलधारको रुपमा स्थापित गर्न सफल भएका छौ ।

नेकपाले गरेको आम कार्यक्रमहरुले सकारात्मक प्रभाव पारेको छ जसमा अरु कम्यूनिष्ट पार्टीहरु पनि हाम्रो पार्टीमा एकता गर्ने सम्भावनाहरु वढेका छन । यो नै अहिले सम्मको उपलव्धि हो । हामी लाई राम्रोसंग थाहा छ दलाल व्यवस्थाले आफ्नो वर्गको रक्षाको लागि यति सम्म निच र घटिया व्यावहार गर्छ जो जनयूद्धमा हामीले देख्यौं परिक्षामा सहभागी विध्यार्थीहरुलाइ परिक्षा हलवाटै गिरप्तार गर्ने,किसानहरुलाई खेतवारी मै गोलि हानी हत्या गर्ने,नागरिकहरु वेपत्ता वनाउने,निर्दोष जनतालाई जंगलमा लियर गोलि हानी कायर्तापुर्वक हत्या गर्ने जस्ता गम्विर खालका अपराधी काम गर्दछन तर पुरानो सत्ता वचेको कुनै इतिहास छैन ।

सामाजिक दलालीको पुष्टि

हिजो दसवर्षे जनयूद्धलाई आतंककारी दन्द्धको रुपमा ग्रहण गर्ने नेकपा एमाले र हिजो एमाले,काँग्रेसलाई वैचारिक भिन्नता खासै नदेख्ने प्रचण्ड मण्डलीसँग अहिले नाटकीय एकता भएको छ । विचारमा जे भएपनि व्यावहारमा एमाले भन्दा वढीनै विग्रेर विचारमा होईन व्याक्तिगत स्वार्थ र पद प्रतिष्ठाको लागी पार्टी एकता गर्ने निर्णय गरेका छन । जनतालाई हामी वाम अझ कम्युनिष्ट समाजवाद ल्याउने भनेर भ्रमपार्न सफल भइ जनमत लिन पनि सफल भएका छन ।

त्यसैले हाम्रो पार्टीले यसलाई सामाजिक दलाल पुँजीवादी गठजोड भनेको छ । जुन गठजोडले अहिले सत्ताको नेतृत्व गरेको छ । खड्ग वलि प्रधानमन्त्री प्रचण्ड पार्टी अध्यक्ष वन्ने गोप्य सम्झौता भएको खुलेको छ । यीनिहरुको व्यावहार हेर्दा खस्सी को टाउको देखाएर कुकुरको मासु वेचिरहेको भान हुन्छ । आफुलाई कम्युनिष्ट भन्दछन असम्भव संसदिय व्यवस्थावाट समाजवाद ल्याउने हल्ला गरिरहेका छन ।

सत्तामा दलाल,तस्कर,भ्रष्ट र राष्ट्रघातीहरुको संरक्षण गरिरहेका छन । निरंकुस्ता यतिसम्मकी स्वतन्त्र पुर्वक राजनितिक गतिविधि सम्म गर्न दिएको छैन । यदि यो कम्युनिष्ट पार्टीको सरकार हुन्थ्यो त आज भ्रष्टहरुलाई कार्वाही गर्दा फुलमाला र अविरले सम्मान हुन्थ्यो, कालो वजारी नियन्त्रण गर्दा,दलाल हरुको सम्पति कव्जा गर्नेलाई, जनतामारा एन.सी.एल लाई जनकार्वाही गर्ने जनतालाई सम्मान हुन्थ्यो आज यो सत्ताले जनतालाई उल्टो जेल हाल्ने झुट्टा मु्द्धा लगाउने यातना दिने गर्दछ ।अरवौ जनताको सम्मति भ्राष्टाचार गर्ने चुडामणी,लोकमान सिंह कार्की र गोपाल खड्काहरुलाई एकदर्इु करोड धरौटीमा रिहा गर्छ । जनतामारा एन.सि.एल लाई राजस्व तिर पनि भन्न सक्दैन । जुन व्यावहारले यो दलाहरुको सत्ता नै हो भन्ने पुष्टि गर्दछ ।

अन्तमा

हाम्रो क्रान्ति मुख्य तया राज्यसत्ता प्राप्तीसंग जोडिएको छ । यसलाई हामीसवैले प्रस्टसँग वुझ्न जरुरी छ । राज्य सत्ता प्राप्तीको संघर्ष भएपछि गिरप्तारी,जेल,हिरासत,यातना हत्या वेपत्ता यो दलाल सत्ताले अपनाउनु यसको धर्म नै हो । यो कुरा हामी जनताले राम्रो सँग वुझेकै कुरा भयो । अव हाम्रो पार्टी जनताले यसको रवैयाको विरुद्ध निरन्तर हमला गर्नु पर्ने जरुरी छ । दलाल राज्य जसरि आउछ त्यसरी नै प्रतिरोध गर्नु पर्छ । यो राज्यले हामीलाई पक्राउ गर्छ ,दमन यातना दिन्छ हाम्रो जनअदालत र जेलमा तेसका मतियारहरुलाई तेही सजाय दिनु पर्छ ।

यो दलाल सत्ता जसरी आउछ त्यसरी नै पेश हुनु पर्छ हतियार लिएर आउछ आम जनताले हतियारले नै परास्थ गर्नु पर्छ । यो राज्यसत्ताको खरानि नभए सम्म जनताको वैज्ञानिक समाजवादी व्यवस्था सम्भव छैन । जव यो दलाल सत्ताले दमनको भाषा वोल्यो तेसपछि दलाल सत्ताको दिन गन्ती पनि सुरु भएको छ । विश्वमा फेल भैसकेको दलाल संसदिय व्यवस्थाको अन्ते गर्न एकिकृत जनक्रान्तिमा आम जनता एकतावद्ध हुन जरुरी छ । सवै जनता एकजुट भएर अन्तीम मुक्का प्राहार गर्यौं भने यसको अन्ते अवस्यमभावी छ । नेपालमा वैज्ञानिक समाजवादी व्यावस्था स्थापीत गर्न सक्दछौं । र नेपाललाई सम्रीद्ध राष्ट वनाउन सक्दछौं ।

लेखक अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य  हुन ।