मनमोहक फूल लालीगुराँससंगको सामिप्यता

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ । सामान्यतया चैत बैशाखमा फुल्ने लालीगुराँस पहाडी भुभागमा पाइने फूल हो ।   पाखाभरी लालीगुराँस फुल्दा कस्को मन रोमान्चित नहोला र यस्तै भएको छ रोल्पा रून्टीगडका छात्रछात्राहरूको । छुटीको समय हातभरी लालीगुराँस बोकेर मनमोहक दृश्यसंग लुकामारी खेलिरहेछन । 

लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । ‘लालीगुराँस फूल फागुन–चैत महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ ।उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ ।

खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि बढ्दो प्रयोगजस्ता कारण गुराँस सङ्कटमा रहेको सम्बन्धितको भनाइ छ । नेपालको अधिकांश पहाडी ।र लेकाली क्षेत्रमा गुराँस पाइने भए पनि तिनको सङ्ख्या र प्रजातिको यकिन हुन सकेको छैन । ‘गुराँस विनाश हुनुका कारण पहिल्याई उचित संरक्षणका लागि ठोस नीतिको आवश्यकता देखिएको छ ।