नेकपाद्वारा मुलुकभर प्रधानमन्त्री ओलीको पुत्ला दहन

 सरकार गठन भएको चार दिन नवित्दै  प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्‍ला दहन भएको भएको छ । गत फागुन ६ गते राष्ट्रिय युवा जनस्वयमको कार्यक्रममा उपस्थित नेताहरु माथि दमन गरेको भन्दै नेकपाले मुलुकभर प्रधानमन्त्री अाेलीकाे पुत्ला दहन गरेकाे हाे  ।

साेही कार्यक्रममा सम्वोदन गर्न गएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली र पोलिट व्युरो सदस्य पदम राई लगाएतका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो । नेकपाले सरकारको आक्रमणका विरुद्ध चरणबद्भ संङर्षका कार्यक्रमहरू घाेषण गरेकाे छ । त्यस्तै नेकपा सुर्खेतले  विरेन्द्रनगर (मंगलगढी) चोक नजिकै प्रधानमन्त्री अाेलीकाे पुतला जलाएका छन् ।

शुक्रबार उक्त कार्यक्रम देशका विभिन्न स्थानमा भएको बेला प्रहरीले सुर्खेतमा भन निकै निगरानी गरेको थियो । उक्त निगरानीका बीचमा पनि नेकपाका कार्यकर्ताले पुतला दहन गरेर भारतीय दलाल केपी सरकार मुर्दावाद, हाम्रा नेता रिहाइ गर, हाम्रो क्रान्ति जारी छ लगाएतका नाराहरु लगाएदै लेखिएका नाराहरु बजार भरी छोडिदिएका छन् ।