काभ्रे मःम सेन्टर

शक्तिशाली कविता

रसुवाली कवि

मैदाको सेतो पिठोमा
कालो मासु हालेर
श्वेवत आतंक फैलाइरहेछ
काभ्रे मम सेन्टर
मेरो साथी
तिमिले भर्खरै मासु र पिठो भिन्न गरेर खाएको खाजाको आदिकथा सुन्न
उहिले तिम्रो मामाले
उनकै प्रिय बहिनी तिम्रो आमालाई
पेवा दिएका थिए
एउटा लाहुरी भैसीको पाडी
कालो कालो थियो त्यो पाडी
दुधै दुध खाएर बढेको थियोे रे
तिम्री आमाले माया नै मायाले
हुर्काइन यसलाई
गरिबको घरमा ढिडो खान्नुपर्ने पिठो खुवाइन
लुकाएर चामल दिइन
आमा हुन ममता कति दिइन कति
पहाडको डरलाग्दो भिरमा पुगिन
त्यो पाडीको लागि
एक मुठो घासको खोज्न
मेला जादा पनि
बजार जादा पनि
पाडीकै चिन्ताले च्यापिरह्यो तिम्रो आमालाई
पाडी ठुलो भयो
अर्थात एक पाथी दुध छाक मै दिन थाल्यो
आमाले सोचिन (अब दुस्ख गयो
त्यही दुध बेचेर
तिम्री आमाले
तिमीहरुलाई मान्छे बनाइन
ज्वाइ र भानिज आउँदा
कमि भएन मेजमानी
कापीकलम किन्न सकस भएन
नुन मसलाको खाचो भएन
देशमा युद्ध चल्यो
पाडी बिस्तारै बुढो भयो
एकदिन वाले भने भैसीलाइ कटुवामा हाल्न पार्यो बुढी
आमाको दम ओखती गर्न
भैंसी कटुवा पर्यो
भैंसी बेचिएको रात
आमा धेरै बेर रोइन
चार प्रहर रात पनि अनिदै रहिन
अब त्यसपछिको कथा सुन मेरो साथी
एउटा भैंसी ब्यापारले
ट्रकमा खादेर कालिमाटी ल्यायो
दसौं भैंसी माझ
त्यस भैसीलाइ
तर बुढो भैंसी सकस मर्यो
किमा सेन्टरमा भैंसी पुच्छर
र आन्द्रा हालेर
सस्तो किमा खरिद गर्यो
काभ्रे मम सेन्टरले
मेरो प्रिय साथी
खुव मिठो मानेर
खाइरहेको खाजाको कथा
यहीं त हो ….।