माके एमाले गठजोड र यसको तानाशाही लोकतन्त्र

कम्यूनिष्ट पार्टी निर्माण हुने विचारको आधारमा हो । विचार विनाको पार्टी हुँदैन त्यो झुण्ड वा डनहरुको समुह जस्तै हुन्छ । मुलतःयस्तो गठजोठको एकता या फुट आदर्श र विचारको वेशमा हुदैन यहाँ त लाभको पद मिल्छ एकता हुन्छ, मिल्दैन क्षेणभरमै फुट हुन्छ । पार्टी कुनै वर्गको अग्रदस्ता भएपछि प्रमुख वर्गसत्रु र वर्गमित्र को को हुन ? उसको निसाना कता, हो ? वर्गसत्रु र वर्गमित्र को को हुन ?

देउवा सरकारको वहिरगमन सँगै वलि सरकारको उदय भएको छ । जनतालाइ कम्यूनिष्टको भ्रम दिन सफल भएपछि जनताले फेरी एकपटक जनमत पनि दिएका छन ।जसका कारण वाम नामधारी गडजोटको नेतृत्व गर्दै केपी वलि दोस्रो पटक प्रधानमन्त्रिको भएकाछन । सफत खाएको २४ घण्टा नवित्दै वलि सरकार नेपाल कम्यूनिष्ट पार्टी प्रति आक्रामक सैलिमा प्रस्तुत भएको छ । नेकपाको यूवासंगठनको शान्तिपूर्ण राष्ट्रिय सम्मेलनमा प्रहरि हस्तक्षेप र धरपकट गरियो । शान्तिपूर्ण कार्यक्रममा सहभागी प्रमुख अतिथी स्थाई समिति सदस्य क.सुदर्शन, पि.वि.एम. क.पदम राई लगाएत धेरै नेता कार्यकर्ताहरुलाई गिरप्तार ग¥यो । जसका कारण नेपाली राजनितिमा नयाँ तरंग पैदाभएको छ ।

लेखक

आफुलाई लोकतन्त्रवादी भन्नेहरुले (अझ कम्यूनिष्ट समाजवादी ) गरेको यस्तो हर्कतले आम जनतामा नयाँ आसंकाहरु पैदा भएका छन । नेपालमा किन राज्य आतंक लादिदैछ ,किन कानुको खिल्ली उडाईदैछ । या कानुन कागजमा लेख्ने विषयमात्र होकी यो लागु गर्ने हो यावत प्रश्नहरु जवर्जस्त खडा भएका छन । सरकारले गरेको यस्तो कामले आम जनता, बुद्धिजिवि,मानवअधिकारवादीहरु चिन्तित र आक्रोषित भएका छन ।कतै यो निरंकुस र फासिष्ट त वन्दैछैन । के फेरी जनताले अर्को युद्ध वेहोर्नु पर्ने होकी सङ्काहरु जन्माएको छ ।
हाम्रो पार्टीले भनेको छ यो सरकारले जवस्जस्त यूद्ध थोपर्दैछ ।

राजनैतिक प्रतिसोधको आधारमा गरिएको अराजनैतिक हर्कत बन्द गर । अन्याथा राम्रो हुदैन भनिरहेको छ । यसले नयाँ मुटभेट निम्त्याउने संकेत गरिरहेको छ । यो सरकारले जनतालाई दिएका आस्वासनहरु केवल सव्दमा शिमित हुदैछन । यीनि आफुलाई कम्युनिष्ट भन्छन तेही भ्रम पारेर जनतावाट जनमत पनि प्राप्त गरेका छन । यसमा प्राय मानिसहरु भ्रमित पनि छन । यो भ्रमलाई सवै जनताका सामु स्पष्ट पार्न जरुरी छ ।

यो गठजोट के हो ?

यो सामाजिक दलाल पुजीवादी गठजोड हो । नेकपाले अहिले गरेको सँस्लेषण अनुसार यसको व्यावहारले पुष्टि गर्दै पनि गईरहेको छ । यो गठजोडको दिमागमा विकास ,निर्माण,राष्ट्र,जनताको चिन्ता चासो छैन । दिन एकगुणा रात चौगुणा कसरी करोड अरव होईन खरवौ खरव जनताको पैसा लुटेर कसरि धनि वन्ने भन्ने मात्र छ । यो गठजोडलाई पार्टी भन्ने कुनै आधार छैन (पार्टी भनेको त कुनै एक वर्गको विचारको नेतृत्व गर्ने लक्ष्य उदेस्य सहित अगाडी वढेको त्यसवर्गको अग्र दस्ता हो) तर यो छैन । त्यो पार्टी भित्रका क्षदमभेसीले नेतृन्व गरेका छन । कुनै विचार आदर्श छैन ।

त्याहाँ भित्र लाखौलाख घुस दिनेले अवसर पाउँने नेता हुन पाउने । पैसा नहुनेले हरेक अवसरवाट वञ्चित हुनुपर्छ ।त्यो गठजोट भित्र त्याग समर्पणको कुनै मुल्याङ्कन छैन,त्यो भित्र अट्दा पनि अट्दैन जस्तो उदाहारणको रुपमा नेकपा एमालेवाट निर्वाचि मँुगुका प्रदेश सभासद चन्द्र वहादुर शाहीले पार्टी राजिनामा दिएको कारण हेर्दा या माकेमा गोपाल किराती,आहुती र लोकेन्द्र विष्ट लगाएतका इमान्दार नेताहरुको त्याहाँ कुनै महत्व छैन ।

त्यहाँ कस्ता पात्रहरु छन भने कहि न कहि भ्रष्टाचार केसमा परेका,सुन तस्करमा नाम जोडीएका,भारतिय रह सँग मिलेर आर्थिक मुनाफा लिएका जस्ले नेताको चाकडी र जनता कार्यकर्ताको दोहन गर्दछन यस्ता मान्छेहरु त्याहा नेता वनेका छन । पार्टि भित्र नेताहरु नातावाद,चरम व्याक्तिवादले ग्रशित छन । तिनैको वोलवाला छ । यो नै पुँजीवादी दलालहरुको विशेष्ता हो । भने जनतालाई कम्युनिष्टको भ्रम दिएर जनमत पनि प्राप्त गरेकाछन र यीनिहरु अलिअलि सामाजिक पनि छन । त्यसैले यीनिहरु कुनै कम्यूनिष्ट नभै सामाजिक दलाल पुँजीवादी गठजोड हो ।

यो केका लागि वनेको

कम्यूनिष्ट पार्टी निर्माण हुने विचारको आधारमा हो । विचार विनाको पार्टी हुँदैन त्यो झुण्ड वा डनहरुको समुह जस्तै हुन्छ । मुलतःयस्तो गठजोठको एकता या फुट आदर्श र विचारको वेशमा हुदैन यहाँ त लाभको पद मिल्छ एकता हुन्छ, मिल्दैन क्षेणभरमै फुट हुन्छ । पार्टी कुनै वर्गको अग्रदस्ता भएपछि प्रमुख वर्गसत्रु र वर्गमित्र को को हुन ? उसको निसाना कता, हो ? वर्गसत्रु र वर्गमित्र को को हुन ? को सँग कस्तो व्यावहार गर्ने केही छैन मन्त्रिको सफत खाएको २४ घण्टा नवित्दै नेकपाका नेता हरुलाई पक्राउ गर्छ , जुनकु्रा देउवाले पनि गरेनन ।त्यो भन्दा तल गिरेर विनाकारण शान्तिपूर्ण यूवाको कार्यक्रममा प्रहरिलाई दमन,धर्पकड र गिरफ्तारी गर्न लगाउँछ । यो सच्चिकै कम्युनिष्ट भएको भए यस्तो सम्भब हुन्थ्यो ?

सम्भव थिएन किनकि यो कम्युनिष्ट नै होईन । यस्तो व्यावहारले हामीलाई मात्र होइन आफ्नै कार्यकर्तालाई समेत अचम्म हुने गरि व्यावहार गर्यो भने अन्य कम्युनिष्ट पार्टिहरुले त वक्तव्य दिने नै भए । अर्को कुरा यीनिहरुको एकता कम्जोर धरातलमा छ एउटा त यीनिहरुको एकताको आधार नै स्वार्थ, त्यही नमिले पछि फुट त्यसैले नेकपा एउटा जल्दोवल्दो कम्यूनिष्ट पार्टी वनेपछि अव कम्यूनिष्ट भनेर भोट नपाइने र जनतालाई लुट्न नपाईने भो भनेर नेकपासँग अनावशेक जोरी खोज्नेकाम भइरहेको छ ।

यो वाहेक अरुकारण त केही छैन । उता पँुजीवादको नेतृत्व गर्ने नेपाल काँग्रेस नै हो र यता समाजवादको लागी लड्ने कम्यूनिष्टहरुले नै हो यो न यताको न उताको जस्तो पो भो त । राजनितिक रुपमा नपुङ्सक जस्तो पो छ त । काँग्रेसले जिते पँुजीवाद र हामी जिते समाजवाद ल्याउने हो ।शैद्धान्तिकरुपमा यो कि त काँग्रेसमा विलय हुनुप¥यो कि त रुपान्तरण भएर कम्युनिष्ट हुनुप¥यो । यसको वैचारिक छुटै धार अहिले सम्म आविस्कार भएको छैन ।यहि भएर म नै राज्य हो भनेको जस्तो मनपरि गरेर हिड्छ यो कुराले हामीले यो गठजोड प्रति वनाएको धारणा पुष्टि भयो ।

तिम्रो फासिवादी लोकतन्त्र हामी मान्दैनौं 

आफुलाई प्रजातन्त्र र लोकतन्त्रको हिमायति ठान्ने हरुले तानाशाही र फासिष्ट व्यावहार देखाउँने राजतन्त्र पञ्चायतमा त जनताले शान्तिपूर्ण कार्यक्रम गर्ने, हिँडडुल गर्ने,भाषण,सभा,सम्मेलन गर्ने पोस्टर मम्पलेट टास्न पाउँने, अन्यायको विरुद्धमा बोल्न पाउने, भ्राष्टाचार र कालो वजारीका विरुद्ध खवरदारी गर्न पाउँने होला नि । कम्तिमा आफुले लेखेको सम्विधानको पालना त गर, जनादेशको पालना गर । यो कागजमा लेख्ने मात्र त न होला ? कम्तिमा जिवन व्यावहारमा लागू गर्नू पर्ने हुन्छ होला नी । तिम्रो लोकतन्त्रको परिभाषा के हो ? यदि तिम्रो प्रजातन्त्र भ्रास्टाचारीलाई उन्मुक्ति दिने,जनता लुट्ने,स्वतन्त्रतापुर्वक वोल्न नपाईने,शान्तिपु्र्ण भेला सम्मेलन गर्न नपाईने,सही लाई सहि र गलतलाई गलत भन्न नपाईने हो भने तिम्रो फासिस्ट प्रजातन्त्रलाई हामी बुटले कुल्चिने छौं तिम्रो त्यो व्यावहारमा लागु नहुने कानुन रत्नपार्कमा लियर जलाउछाैँ ।

तिम्रो त्यो तानासाही प्रजातन्त्र,व्यावहारमा लागु नहुने काुन्ुन नेपाली जनतालाई चाईदै हामी यूवाहरुलाइ चाहिँदैन अरु कुनै देशमा लागुगरेर वस्दाहुन्छ नेपालमा वस्ने अधिकार छैन । नेपाली जनताले जहानीया राणाशासन र तानासाही लाई वर्खास्थ गरिसकेका छन । अव नेपालमा कुनैप्रकारको तानाशाहा दालाल र निरंकुस्ता चल्ने छैन । जो आउछ खरानी हुनेछ । सवैयूवाहरु एकपटक जुटौ देशको विकास सम्भव छ देशमा वैज्ञानिक समाजवाद ल्याउन सम्भव छ ।

लेखक अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य हुन ।