सबैलार्इ धन्यवाद दिदै विप्लवले घोषणा गरे थप संघर्षका कार्यक्रम

सबैभन्दा ठूलो फागुन १३ गते( विज्ञप्तिसहित )

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्दमा सहयोग पर्‍याउने सबैलाई धन्यवाद दिएका छन् । नेपाल बन्द सकिए लगत्तै विप्लवले अाजको नेपाल बन्द सफल भएको बताउँदै थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् । ”राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मीत्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ ।

फाेटाे फायल

बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं ” विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले गिरफ्तार नेताहरुलाई रिहाको माग समेत गरेका छन् । साथै पहिलो चरणमा फागुन ९ देखि १३ गतेसम्म थप कार्यक्रम घोषणा पनि गरेका छन् ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठः

राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मीत्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ । बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं । बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्, अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने छ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने छ ।

संघर्षका कार्यक्रमहरु

२०७४ साल फागुन ९ गते कोण सभा

२०७४ साल फागुन १० अन्तरक्रिया

२०७४ साल फागुन ११ गते केपी ओलीको पुत्ला जलाउने

२०७४ साल फागुन १२ गते प्रदर्शन

२०७४ साल फागुन १३ गते देशव्यापी ठूलो प्रदर्शन

विप्लव
महासचिव
२०७४ साल फागुन ८ गते