ओली सरकारले जनघाती काम गरेको भन्दै विप्लवको कडा विरोध फागुन ८ गते नेपाल बन्द

(विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनघाती काम गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेपले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको बताए ।

आइतबार मोरङको विराटनगरमा पार्टी निकट युवा संगठनको राष्ट्रिय सम्मेलनमाथि प्रहरीलाई हस्‍तक्षेप गर्न लगाएको भन्दै विप्लव प्रधानमन्त्री ओलीप्रति आक्रामक बनेका छन् । ‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ’ आइतबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ । विप्लवले ओली सरकारको दिनगन्ती सुरु भएको बताएको समेत बताएका छन् ।

महासचिव विप्लवले घटनाको घोर भत्सर्ना गर्दै गिरफ्तार गरिएका पार्टीका स्थायी समित समिति सदस्य हेमन्त प्रकाश ओली, पोलिट्ब्यूरो सदस्यसहित सम्पूर्ण नेता(कार्यकर्ताहरुको रिहाइको गर्न आग्रह समेत गरेका छन‍् ।

विज्ञप्तिको पूर्णपाठः

प्रेस विज्ञप्ती

आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो ।

विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ ।

आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।

यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।

विप्लव
महासचिव
मितिः–२०७४ फागुन ६ गते