सुशासन प्रवद्र्धन गर्न नगर विकास रेडियो गतिविधि कार्यक्रम संचालन गरिने

सुशासन प्रवद्र्धन गर्न भेरी नगरपालिकाले नगर विकास रेडियो गतिविधि कार्यक्रम संचालन गर्ने भएको छ । विधिबद रुपमा सञ्चालित दोश्रो नगर सभावाट ४ वटा बिधेयक पास गरि भेरी नगरपालिकाले नगर विकास रेडियो गतिविधि कार्यक्रम संचालन गर्ने भएको हो । भेरी नगरपालिकाको दोश्रो नगरसभा सनिवार जिल्ला सदरमुकाम खलंगामा उद्घाटन भएको छ । चालु आर्थिक बर्षको पहिलो र दाश्रो चौमासिकको कार्य तथा बित्तिय प्रगतीको सार्बजनिक गरेर दोश्रो नगर सभाको उद्घाटन गरिएको हो ।

हिउदे तथा दोश्रो नगर सभाको उद्घाटन सत्रमा चालु आर्थिक बर्षमा नगरपालिकाद्धारा निर्माण गरिनु पर्ने जम्मा २ सय ३६ वटा आयोजनाहरुमा दोश्रो चौमासिकसम्म १ सय ५० वटा आयोजनाको सम्झौता भई सकेको नगर प्रमुख चन्द्र प्रकाश ९सिपी० घर्तीले वताए । उनले ८६ वटा आयोजनाको सम्झौता हुन बाँकी रहेको र ३० वटा आयोजनाको कार्य सम्पन्न भईसकेको जानकारी दिए । त्यसैगरी शिक्षा, स्वास्थ्य, सहकारी, कृषि विकास, पशुपंक्षी विकास तर्फ नगरपालिकाले गरेको कार्यप्रगतीलाई सामाजिक विकासको कार्यप्रगतीका रुपमा नगर प्रमुख घर्तीले सार्वजनिक गरे । ४२ करोड ४३ लाख ४० हजार बार्षिक बजेट रहेको भेरी नगरपालिकाले दोश्रो चौमासिकसम्म २७ करोड ६९ लाख २८ हजार १ सय ८५ रुपैया ३४ पैसा निकासा लिई १५ करोड २९ लाख ९१ हजार ८ सय ७२ रुपैया ४ पैसा भुक्तानी दिई सकेको वित्तिय प्रगतीलाई नगर प्रमुख घर्तीले सार्वजनिक गरे । त्यसैगरी २७ करोड १३ लाख ४८ हजार १ सय २७ रुपैया ९६ पैसा नगरपालिकाले यसैबर्षमा खर्च गर्न बाँकी रहेको नगर प्रमुख घर्तीले जानकारी दिए ।

सनिवार उद्घाटन भएको नगर सभाको बन्दसत्र आईतवार सञ्चालन हुने नगर सचिवालयले जनाएको छ । उक्त नगर सभाले शिक्षा, स्वास्थ्य, कृषि र सहकारी गरि जम्मा ४ वटा विधेयक पास गर्ने जनाईएको छ । स्वायत्त शासन ऐन अन्तरगत रहेर पास गरिने विधेयक तथा कार्यविधीले भेरी नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, सहकारी लगाएतका क्षेत्रमा गुणात्मक विकास गरेर अगाडी बढ्ने नगरबासीले अपेक्षा राखेका छन् ।

उक्त नगर सभाको बन्द सत्रले बिधीबद्धरुपमा पहिलो नगरसभावाट पास भएका १७ वटा आयोजनाहरुको नाम परिवर्तन तथा रकमान्तर गर्ने जनाईएको छ भने, नगरक्षेत्र भित्र मोटरवाटोको चौडाई मापदन्ड निर्णयार्थ पास गर्ने बताईको छ । मुख्य राजमार्ग, सहायक राजमार्ग, आबासिय मार्गका रुपमा मोटरवाटोको बर्गिकरण गर्ने वताईएको छ । नगर सभाले कर, शुल्क, तथा दस्तुर संशोधन गर्नुको साथै सुशासन प्रवद्र्धन गर्न संस्थागत विकास र सुशासन गतिविधी संचालन गर्न नगर विकास रेडियो गतिविधि कार्यक्रम संचालन गर्ने नीति पास गरिने वताईएको छ ।

पानसमा बत्ति बाल्नुका साथै रिभन काटेर उक्त नगरसभाको उद्घाटन जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख मनबहादुर रावलले गरेका थिए । सभा सफलताको लागि नागरिक समाज जाजरका अध्यक्ष केशव जंग शाह, भेरी ज्ञानोदय क्याम्पस प्रमुख चन्द्रबहादुर वुढा, उद्योग बाणिज्य संघ जाजरकोटका उपाध्यक्ष शिव कुमार शर्मा, नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंह, पुर्व सांसद रत्नप्रशाद शर्मा, रिता रावल लगाएतका जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।