कागज विक्ने, काम नविक्ने देश

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क टवेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विपक्षी दलका विरोधीहरुको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो । त्यतिमात्र हैन, एकजनाले त बन्दाकोबीले नै झटारो हान्यो । जब बन्दाकोभी ट्वेनको अगाडि खस्यो, उनले त्यसलाई हेर्दै भने– ‘महिला तथा सज्जन वृन्द हाम्रा विपक्षीहरु मध्ये एउटाको काटिएको शिर मेरो खुट्टाको छेउमा लडिरहेको छ । सम्बन्धित पक्षले पोष्टमार्टमका लागि लानुहोला ।’ सत्यको बाटो घुमाउरो हुन्न । यदि सत्यमाथि अत्याचार, व्यभिचार गरियो भने मार्क टवेनको ठट्टामा सत्य घटना बन्न कतिबेर लाग्दैन ।

लेखक

को शक्तिशाली भन्ने विषयलाई लिएर भगवान विष्णु र देवराज इन्द्रबीच बहस चल्यो । बहसको निष्कर्ष नसकिँदै इन्द्रलाई सनक चढ्यो । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने छन् ।’ यही सोचेर उनले मेघलाई वर्षा नगराउने आदेश दिए । तत्काल वर्षा रोकियो । वर्षा रोकिएपछि मानव लोकमा कोकोहोलो मचिएला भन्ने इन्द्रको विश्वासले चित खायो । आफ्नो कर्तव्यच्यूत भइयो भने सन्ततिले कर्मको बाटो विर्सन सक्छन् । यो सोचेर किसानहरु खडेरीमा गएर खेत जोत्न थाले । खडेरीमा किसानले खेत जोतेको देखेर भ्यागुतो आश्चर्यचकित भयो । उसले सोच्यो– यदि मैले पानी नआएको भनेर टर्टराउन बिर्सिएँ भने त्यो मेरो धर्म विपरीत हुन्छ । उ पनि घोक्रो तानी तानी टर्टराउन थाल्यो ।

भ्यागुतो टर्टराएको सुनेर आश्चर्यचकित हुँदै मयूरले अनर्थको काम नगर्न सल्लाह दियो । मयूरलाई सम्झाउँदै भ्यागुतोले भन्यो– ‘मयूर भाइ, हामीले हाम्रो कर्तव्य कहिल्यै विर्सनु हुँदैन । आफ्नो कर्तव्यबाट हात धुनु महापाप हो । हाम्रो अधिकार भनेको कर्म गर्नु हो । कर्म गरेपछि फल नपाइने कुरै छैन ।’ भ्यागुताको भनाइ मयूरलाई चित्त बुझ्यो । उ पनि विन्दास ढंगले पखेटा फिँजाएर नाच्न थाल्यो ।

आफ्नो आदेश कार्यान्वयन भएको हेर्न इन्द्र पृथ्वीमा झरे । उनी जताततै कोलाहल मच्चिएको हेर्न लालायित थिए । तर आश्चर्य सवै आफ्नो काममा निर्लिप्त देखेर इन्द्रको होस हवास उड्यो । व्यर्थको मेहनत नगर्न किसानलाई आग्रह गर्दा उल्टो किसानले भनिदिए– ‘तपाईं आफ्नो काम गर्न नगर्न स्वतन्त्र हुनुहुन्छ तर हामीलाई कार्म गर्न दिनुस् । किनकी कर्म नै धर्म हो ।’

किसानको भनाइले इन्द्रको आँखा खुल्यो । उनलाई लाग्यो– ‘आज जुन देवराज इन्द्रको पद मैले पाएको छु, त्यो मेरो कर्मका खातिर हो । यदि कर्मबाट विमुख भएँ भने संसारले गर्ने आदर सम्मानबाट म वञ्चित हुन्छु । बद्नामी बाहेक मेरो हात केही लाग्ने छैन ।’ उनले तत्काल मेघलाई पानी बर्साउन आज्ञा दिएर गल्तीको प्रायश्चित गर्दै स्वर्गलोक फर्किए ।  भनिन्छ– भगवान, डाक्टर र न्यायाधीशको अघिल्तिर पुगेर झुटाे बोल्न हुँदैन । तर हामीले भोगेको यथार्थ भन्छ– सबैभन्दा सत्य कहानी भट्टीले सुनेको हुन्छ भने झुठाे प्रलापको साक्षी अदालत बन्ने गर्छ । बाँझो रहेका खेतबारीमा काम गर्न कम्मर कस्ने हो भने १० लाख युवा देशमै ठाउँका ठाउँ खपत हुन्छन् ।

यदि एक चौथाइ युवाले कोदो खेती गरिदिने हो भने अरु केही नभएपनि भट्टीमा आत्मनिर्भर भएको सुखद समाचार प्रवाहित हुने थियो । भारतबाट आयातीत कोदोबाट बनेको जाँडपानी खाने अनि डोनाल्ड ट्रम्प, नरेन्द्र मोदीको राजनीतिक भविष्यलाई लिएर चिन्ता गर्ने मनोवृत्तिमा सुधार नआएसम्म नेपालमा जुनसुकै तन्त्र आएपनि त्यसले सुखद परिणाम नल्याउने निश्चित छ ।

नेताहरु विरुद्ध फेसबुके राजनीति छोडेर जनता पाखुरी बजार्ने काममा अग्रसर भएको भए आज शेरबहादुर देउवा, केपी ओली, प्रचण्डजस्ता शीर्ष नेताहरुको अवस्था देवराज इन्द्रको जस्तो भइसक्ने थियो । चैतमा हलोका सियोमा मकै छरेर भारत पसेको एउटा ठिटो ५ महिनापछि अाफैले रोपेको मकैको बोटलाई ‘ए लम्बा लम्बा पतेवाला पेड क्या हे’ भन्ने तोरी लाउरे प्रवृत्तिलाई क्रान्तिकारीको दर्जा दिएर राजहाँस बनायौं । जसले राजनीतिक कोलाजभित्रको रंग झन्झन् फिका देखिन थाल्यो । सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरु शक्तिशाली बन्दै गए । देशका विषय विज्ञहरु आफ्नो विषयमा कम अरु विषयमा बढी चतुर भएर निस्कन थाले । कालो कोट लगाउने वकिलहरु वकालतभन्दा जग्गा बेचबिखनको धन्दामा जमे ।

पत्रकारको कलम लेखाइमा थोरै, दाइहरुलाई सल्लाह दिन धेरै विक्न थाल्यो । सम्पत्तिका नाममा जसको एउटा चिउरा मिल नभएकाहरु निजीक्षेत्रका नेता दरिए । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरु मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भए । जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरु देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकी स्वघोषित बुद्धिजीवी भएर शहर पसे । बैंकहरुले कालोसूचिमा नाम डामेकाहरु खुल्ला अर्थतन्त्रका मतियार भए ।

सिंहदरबार यस्तो ७६ औं जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने माइकलाल फर्किंदा रुझेको विरालो बन्दै निस्किएका छन् । प्रकारान्तरले चौथो संस्करण बनेका प्रधानमन्त्री शेरबहादुर देउवा कलंकै कलंकको भारी बोकेर पदबाट निसृत हुँदैछन् ।  हरेक राजनीतिक प्राणी सत्तामा हुन्जेल गोलचक्करमा फस्ने, त्यहाँबाट झरेपछि जाँडको धङधङेले नछोडेको जँड्याहाजस्तो भएर जीवन गुजार्नेहरु थुप्रै छन् । यसैको परिणाम चटकमा मुलुक सिंगापुर बनाउनेदेखि लिएर स्याटेलाईटबाट बिजुली बत्ती बाल्नेहरु समेत देखा परे । यिनीहरुलाई के थाहा ? घोडाको सुन्दर तस्वीर बनाउनु र तबेलामा घोडा पाल्नु आकास पातालको अन्तर छ ।

यदि एक चौथाइ युवाले कोदो खेती गरिदिने हो भने अरु केही नभएपनि भट्टीमा आत्मनिर्भर भएको सुखद समाचार प्रवाहित हुने थियो । भारतबाट आयातीत कोदोबाट बनेको जाँडपानी खाने अनि डोनाल्ड ट्रम्प, नरेन्द्र मोदीको राजनीतिक भविष्यलाई लिएर चिन्ता गर्ने मनोवृत्तिमा सुधार नआएसम्म नेपालमा जुनसुकै तन्त्र आएपनि त्यसले सुखद परिणाम नल्याउने निश्चित छ ।

एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरु केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसंगै ओहोदा सामथ्र्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय अाफुले गर्ने ढाड्स दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए ।

हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ । राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन । कर्मचारीहरु सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउने देखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ । केपी ओलीलाई पानीजहाज, ग्यासपाईप, बुलेट रेलका विषयमा मच्चीमच्ची भाषण गराउनेहरुले यसरी जोकर बनाइदिए कि सरकारको कार्यकारी प्रमुखले बोलेको विषय हावामा तरवारको प्रहारजस्तै भयो ।

राजा ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो । त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत ट्रेड युनियनका नाममा, २५ प्रतिशत तदर्थवादका नाममा, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन् । बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, अाफै अनुमान लगाउन सकिन्छ । समकालिन नेताहरुमा साद्गी जीवन विताउने छाँटकाँट कसैमा देखिदैन । एउटा सामान्य पदासीनहरुलाई पनि गाडीघोडा, पछुवाको भोक छ ।

कानुनले कुनै व्यवस्था नगरेका पूर्वमन्त्रीहरु गार्ड लिएर तेस्रो ग्रहबाट झरेको मानिसका रुपमा समाजमा आपूmलाई परिचित गराउन खोजिरहेका छन् । समयको माग भएर कुर्सीको आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर नै यही हो । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन । पूmलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार भएन । कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा पैmसला सम्बन्ध विच्छेदका छन् । विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुभ्mने देशका सारथीहरुले आपूmलाई परिवर्तनसंग कहिल्यै रुपान्तरण गरेनन् ।

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क टवेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विपक्षी दलका विरोधीहरुको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो । त्यतिमात्र हैन, एकजनाले त बन्दाकोबीले नै झटारो हान्यो । जब बन्दाकोभी ट्वेनको अगाडि खस्यो, उनले त्यसलाई हेर्दै भने– ‘महिला तथा सज्जन वृन्द हाम्रा विपक्षीहरु मध्ये एउटाको काटिएको शिर मेरो खुट्टाको छेउमा लडिरहेको छ । सम्बन्धित पक्षले पोष्टमार्टमका लागि लानुहोला ।’ सत्यको बाटो घुमाउरो हुन्न । यदि सत्यमाथि अत्याचार, व्यभिचार गरियो भने मार्क टवेनको ठट्टामा सत्य घटना बन्न कतिबेर लाग्दैन ।

अाफुले टेकेको जमिनको माटो समाएर कसम खाएर अघि बढ्ने हो भने इतिहासमै कल्पना नगरिएका काम जुनसुकै सरकारले गर्नसक्छ । यदि कमिलालाई असर पर्छ भनेर हात्ती हलचल नगरी बस्ने हो भने त्यही कमिला हात्तीको सुँढमा पसेर के गर्छ कालान्तरमा त्यो त्यही हात्तीलाई थाहा हुन्छ कि कमिलालाई । पञ्चायतमा राजाका आसेपासेले खाई खेलेको देखेपछि बहुदलका समर्थकहरु धारे हात लगाउँथे ।

बहुदल समर्थकहरुले खाएको देखेर भाउन्न भएका माओवादीको क्रान्ति दाँती मिलेका महलमा बस्न र सुविधा सम्पन्न बाहन चढ्न थालेपछि अन्त्य भयो । सरकार मनमौजी गर्ने गुठी नभएर काम र कर्तव्य सम्पादन गर्ने सत्मार्ग भन्ने सत्य आत्मसात् नभएसम्म गल्तीहरु प्रतिस्पर्धाका माध्यम बन्ने छन् । त्यसैले भोलि पाउने मुजूरभन्दा आज पाउने परेवा महत्वपूर्ण हुन्छ भन्ने सत्य सवैले आत्मसात गर्नु बुद्धिमानी हुनेछ ।

[email protected]