एक आदिम प्रश्न

कविता

अपुर्ण सेताम्य
वा भनौं,
तुसारे केश भएकी आमा
फाल्दै एक आदिम सुस्केरा
र एक आदिम प्रश्न
जो वर्षौं दोहोरियो
जो वर्षौं तेहेरियो

प्रश्नको
जवाफ वाफ बन्छ
नदेखिदै अदृश्य हुन्छ
अनि वर्षिन्छ हरेक वर्ष ।

कहिल्यै पलायन उत्तर
कहिल्यै लागेन आँकुरा
तर आदिम प्रश्न !

म खोज्छु उत्तर
म सोध्छु उत्तर :
हे सरकार, मलाई दे उत्तर !
हे सरकार, मलाई दे प्राचीन प्रश्नको नवीन उत्तर !

चुप छ सरकार
यस्तो लाग्छ जो होइन सरकार
किनकी,
अचेल बन्दुकले प्रश्न दबाईन्छ
पहिले पहिले तरबारले जस्तै ।

केवल व्यस्त छ सरकार
यस्तो लाग्छ जो होइन सरकार
किनकी
मस्त छ सरकार ढुकुटी रित्ताउन
खानी र पानी बेच्न
आफ्नै स्वजन लुट्न

व्यस्त छ सरकार
फगत,
जोड्न नयाँ दरबार
बनाउन नयाँ तरबार ।