प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

भ्रष्टाचार शुन्यमा झार्ने अठोट

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहणपछि बोल्दै ओलीले आफ्नो मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुने बताए ।

जनतालाई सुशासनको प्रत्याभूति रहने गरी सरकारले काम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै ओलीले कसैलाई काखापाखा नगरी जिम्मेवार भएर काम गर्ने बताए । आफू नेतृत्वको सरकारले कुनै गैरकानुनी काम नगर्ने भन्दै त्यसो गर्नेलाई दण्डित गरिने पनि बताए ।  उनले सरकार सामाजिक न्याय, सामाजिक सद्भाव र एकताको पक्षमा रहेको उल्लेख गर्दै राष्ट्रिय अखण्डतामा कसैसँग सम्झौता हुन नसक्ने बताए ।

सामाजिक सद्भाव खल्बल्याउने, राष्ट्रिय हित विपरीत काम गर्ने कोही कसैलाई पनि छुट नदिइने र त्यस्तो प्रवृत्तिलाई कानुनअनुसार नियन्त्रण गरिने ओली ओलीको भनाई थियो । प्रधानमन्त्रीले स्वदेशभित्रैको सानो पूँजी परिचालन गरेर जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउन सकिने छ भन्दै सरकार सो दिशामा समेत क्रियाशील रहने स्पष्ट पारे ।

कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा आफू र आफ्नो सरकार नरहने स्पष्ट गर्दै उनले आफूले विगतमा फरक प्रसंगमा बोलेको विषयलाई गलत तवरले प्रचार गरिएकामा दुखेसो गरे । उनले जनतालाई परिवर्तनको महसुस हुने गरी काम गर्ने विश्वास व्यक्त गर्दै स्वदेशमा नै रोजगारीको वातावरण बनाउने र विदेशमा रोजगारीको खोजीमा गएका युवालाई स्वदेशमा फर्काउने प्रयास गरिने बताए ।

भ्रष्टाचार शुन्यमा झार्ने अठोट

ओलीले भ्रष्टाचार शुन्यमा पु¥याउने प्रतविद्धता जनाएका छन । प्रधानमन्त्रीको रुपमा शपथ लिएपछि पदभार ग्रहरण गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन । भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै भ्रष्टाचार शुन्यमा झार्ने बताए ।

भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरामा मात्रै नभई कार्यान्वयन गर्ने गरी अघि बढ्ने उहाँको प्रतिवद्धता रहेको छ । भ्रष्टाचारमा भेदभाव र संरक्षण हुन नसक्ने भन्दै नयाँ सरकारको भ्रष्टाचार नियन्त्रण प्रमुख उद्देश्य हुने बताए ।