क्योकूशिन प्रतियोगिता २०७४ हुने

नेपाल क्योकूशिन बुदो करातें कम्युनिटी संघले आगामी फागुन ४ र ५ गते काठमाडौंमा प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकुशिन बुंदो करातेंं प्रतियोगिता गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको अयोजना गर्दै संघले यस्तो जानकारी दिएको हो ।

प्रतियोगितामा काठमाडौं,ललितपुर, भत्तपुर,दोलखा,काभ्रे, बारा,पर्शा, महोत्तरी,मकवानपुर,चितवन,कास्की लगायतका ११ जिल्लाबाट १६० जना खेलाडी सहभागी हुने जानकारी दिएको छ । संघले नेपाली फुलकन्ट्यक्ट करातेमा आवद्ध सम्पुर्ण खेलाडी, खेलप्रमीहरु,निर्णायक प्रशिक्षक एकताबद्भ गराएर नेतृत्वदायी भुमिका निर्वाह गर्दै फुलकन्ट्याक्ट करातें महासंघसंघ आवद्ध सम्पुर्ण खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यले संघ स्थापना भर्इ काम सुरु गरेको संघका अध्यक्ष भुसण मर्हजनले जानकारी दिए ।

उक्त प्रतियोगितमा प्रथम,द्धितिय,र तृतिय र शान्त्वना सवै खेलाडीहरुलाई शिल्ट,मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदभान गर्ने पनि संघले जनाकारी दिइएको छ । प्रतियोगितामा विभिन्न७ तौल समुहका खेलाडीहरु सहभागीता हुने छ । ३५ केजी मुनी तौल समुहका पुरुष,४५ केजी मुनिका तौल समुहका पुरष,५५ केजी मुनि तौल समुहका पुरुष,६५ केजी मुनीका तौल समुह,६५ केजीमाथि तौल समुहका खुल्ला पुरुष तथा ५० केजी मुनी तौल समुहका महिला, र ५० केजी माथि तौल समुहका खुल्ला महिला रहेको छ ।

नेपाल क्योकूशिन बुदो करातें कम्युनिटी संघ नेपालको खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपा त्रिपुरश्वरमा मिती २०७४÷कात्तिक २३ गते आधिकारिक रुपमा दार्ता भइसकेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।