ज्योतिषीको सल्लाह अनुसार नै बालुवाटार छाड्दै देउवा

राजीनामा दिनासाथ प्रधानमन्त्री शेरबहादुरले देउवाले सरकारी निवास बालुवाटार छाड्ने भएका छन्। उनी गत असार ५ गते बिहान ५ ः२२ बजे बालुवाटार प्रवेश गरेका थिए । २०७४ जेठ २३ गते ४०औं प्रधानमन्त्री बनेका उनी ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए।

ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन्ु, स्रोतले भन्यो, ुत्यसैले उहाँले फागुन ५ गतेअघि नै बालुवाटार छाडिसक्नुहुन्छ।ु सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन्। प्रधानमन्त्री देउवाले आजै राजीनामा दिने तयारी गरेका छन्।