शिव पार्वती गुफामा मेला, गुफाको विकासमा लाग्छौ : जनप्रतिनिधि 

 शिवरात्री पर्वका अवसरमा आज गैरास्थित शिव पार्वती गुफामा मेला आयोजना गरियो । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजिवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको संभावना बढेको भन्दै यसको प्रचारप्रसार तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

समयानुसार अपेक्षाकृत रुपले गुफाको प्रचार र विकास हुन नसकेकाले आगामी दिनमा सरोकारवाला निकायहरु अझ दत्तचित्त भएर लागेमा गुफाकै आधारस्तम्भबाट पर्यटनको विकासमा टेवा पुग्ने बताएका थिए । उनीहरुले होलेरी क्षेत्रमा शिव पार्वती गुफा, रुन्टी, गढीलेक लगाएतका धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासका लागी सर्वप्रथम प्रचारप्रचार र लगानीको अवधारणामा जोड दिएका हुन । 

शिव पार्वती गुफा संरक्षण समितिका अध्यक्ष टेकलाल पुनको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि बुढाले अव शिव पार्वती गुफा लगाएत सम्भावना वोकेको विभिन्न क्षेत्रको संरक्षण र विकासका लागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।  अव स्थानीय स्तरमै आफुहरुले सरकार भएको आभाष गराउने भनाई राख्दै उहाँले शिव पार्वती गुफाको विकासका लागी भनेर गाउँपालिकाको तर्फबाट १० लाख रुपैया बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । कार्यक्रमका सहभागी अन्य सरोकारवाला निकायले गुफाकै कारण समग्र रोल्पा क्षेत्रको विकासमा टेवा पुग्ने भन्दै यस क्षेत्रकै विकासका पुर्वाधारमा ध्यान दिनुपर्ने बताएका थिए । 

साथै उनीहरुले गुफा क्षेत्रमा गाडी पार्किङको व्यवस्था गर्नुपर्ने, व्यवस्थित पिक्निक स्पोर्ट निर्माणमा ध्यान दिन संरक्षण समितिलाई आग्रह गरेका थिए । स्थानीय सरकाका प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरुले देशका विभिन्न जिल्लाबाट पर्यटकहरुको आगमन हुने गुफाको अन्य विकासका लागी आआफ्नो क्षेत्रकाट पहलकदमी लिने प्रतिवद्धता समेत जनाएका छन । रोल्पा युद्ध पर्यटनले पनि सम्भावनाको क्षेत्र भएकाले व्यापक छलफल गर्नुका साथै विकासका पुर्वाधारलाई ख्याल गर्नुपर्ने बताए । 

कार्यक्रममा सामेल भएका स्थानीय सरकारका प्रतिनिधीले आगामी बर्षदेखि शिवरात्रीको अवसरमा लगाईने मेलालाई अव छलफल र आवश्यकताको आधारमा निर्धारण स्थान गरिने बताएका छन । कार्यक्रममा गुफा संरक्षण समितिका सल्लाहकार दल वहादुर पुन, रेडियो सुनछहरीका स्टेशन म्यानेजर सन्तोष शर्मा, स्रोतव्यक्ति कुलराज आचार्य, रुन्टीगढी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष जंग वहादुर घर्ती, ६ का वडा अध्यक्ष जगत वहादुर घर्ती, माओवादी केन्द्रका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष गोविन्द पुन (नजर), लगाएतले अव यस क्षेत्रको विकासका लागी पहल गर्ने बताउनुभयो ।  गुफा संरक्षण समितिका सहसचिव भीमलाल पुनको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निम वहादुर बुढाले गर्नुभएको थियो ।