केन्याविरूद्ध नेपालको रोमाञ्चक जित

जितसँगै शीर्ष दुईमा पर्ने नेपालको सम्भावना

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपालले शीर्ष दुईको सम्भावना बलियो बनाएको छ । केन्याले प्रस्तुत गरेको १ सय ७८ रनका लक्ष पछ्याएको नेपालको जितका लागि नेपालले अन्तिम ओभरसम्म कठिन संघर्ष गर्नुपरेको थियो ।

नेपालको जितका लागि बलिङमा सन्दीप लामिछाने तथा ब्याटिङमा आरिफ शेख र रोहित कुमार पौडेलले उत्कृष्ट प्रर्दशन गरेका थिए । नेपालको जितमा सन्दीपले ५ विकेट लिए भने ब्याटिङमा रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे ।यस्तै कप्तान पारस र आरिफले ४२–४२ रनको योगदान गरे ।

आरिफ र रोहितले छैटौँ विकेटका लागि ८७ रनको साझेदारि गरेका थिए । जितपछि नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । लगातार ३ हारपछि केन्या भने शीर्ष २ को होडबाट बाहिरिएको छ ।