सुरक्षित गर्भपतन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम

रोल्पा, सुरक्षित गर्भपतन सेवा सम्बन्धी २ दिने सस्थागत अभिमुखिकरण कार्यक्रम होलेरीमा सुरु भएको छ । होलेरी प्राथमिक स्वास्थ्य केन्द्र रोल्पाको आयोजना एवंम आइपास नेपालको सहयोगमा कार्यक्रम सुरु भएको हो ।  “सुरक्षित गर्भपतन सेवा,महिलाको प्रजन्न अधिकारलाइ टेवा” भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा सुरक्षित गर्भपतनका वारेमा सचेतनामुलक जानकारी दिन, गर्भपतनका क्रममा आउन सक्ने जोखिम, समस्या समाधान, किशोरी शिक्षा लगाएतका विषयमा जानकारी प्रदान गरिने वताईएको छ ।

होलेरी प्राथामिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितीका अध्यक्ष नेपबहादुर थापाको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा हिजो कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, प्रशासकीय अधिकृत शर्माीला न्यौपाने, प्रहरी नायव उपरिक्षक खड्ग वहादुर डाँगी, महेन्द्र मावि होेलरीका प्रधानाध्याक रुद्रकुमार सुवेदी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम आजसम्म चल्ने छ । उद्घाटन कार्यक्रमको सहजीकरण प्राथमिक स्वास्थ्य केन्द्र होेलरीका संंयोजक बुद्धि सेजुवालले गर्नुभएको थियो ।