सेना नै खाग तस्करीमा, काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौं– गैंडाको दुई वटा खागसहित प्रहरीले प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआईबीले आइतबार दुई सैनिक र एक सर्वसाधरणलाई पक्राउ गरेको हो।

सिआईबीले गोरखा घर भएका हरि बहादुर ढकाल, कृष्ण बहादुर मगर र डिल बहादुर ढकाललाई पक्राउ गरेको हो। हरि बहादुर र कृष्ण बहादुर सैनिक भएको र उनीहरुमाथि थप कारबाहीका लागि सैनिक प्रहरीलाई बुझाइएको सिआईबीका एसपी जीवन कुमार श्रेष्ठले बताए।

उनीहरुबाट प्रहरीले एउटा १ किलो १ सय ८० ग्राम तथा अर्को ६ सुय ४० ग्रामको खाग बरामद भएको प्रहरीले पक्राउ नाएको छ । डिल बहादुरलाई भने प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको छ ।