धुलाम्मे सडकले यात्रुलार्इ सास्ती

होेलरी रोल्पा,सुख्खायाम बढेसंगै रोल्पाका कच्ची सडकहरु धुलाम्य बनेका छन ।  लामो समय देखि पानी नपर्नु, हावाहुरी चल्नु तथा सवारीका चाप बढ्नु जस्ता कारणले कच्ची सडक धुलाम्य देखिएका हुन । कच्ची बाटो त्यो पनि धुलैधुलो हुँदा यात्रा गर्न तथा वाटो छेउमा घर भएका सर्वसाधारणलाई समस्या भएको हो । सहिदमार्ग अन्तर्गतका सडकहरुमा खडेरीका कारण सडक धुलोमय बनेको गाडी चालकहरुको भनाई छ ।

गाडीमा बस्यो, धुलैधुलाे

धुलोका कारण दिर्घरोगी बनिन्छ कि भनेर डर लाग्छ रुन्टीगढीकी तिलु पुनले   बताइन । सहिद मार्ग अन्तरगतका सडकहरुमा अहिले बाटो चौडा पार्ने कामले सवारीका चाप बढ्नु जस्ता कारण पनि विगत वर्ष भन्दा सडक झनै धुलाम्य बनेको यात्रुहरुको भनाई छ । होेलरीबाट दाङ जानुपरेमा शरिर र कपडा भरी धुलैधुलो हुने र स्वासप्रस्वासमा समेत असर हुने गरेको सन्चारकर्मी मनोज पुनले दुखेसो पाेखे । 

के गर्नु  यात्रा नगरौं भन्दा पनि काम परिहाल्छ, धुलोको कारण यात्रा नगर्दै मनै विरामीमय हुन थालिहाल्छ पुनले बताए । जिल्लाका ग्रामिण सडकहरुमा पनि पक्की बाटो निर्माण गर्ने अभियान थालिएमा धुलोबाट छुटकारा मिल्ने स्थानीयको भनाई छ । यसैविच, वर्षासँगै पहिरो, सुख्खायामसंगै धुलाम्य हुने सडकका काण दाङबाट रोल्पा, रुकुम, प्युठान पुग्ने सहिदमार्ग जोखिमपूर्ण बनेको छ ।

खाल्डाखुल्डी परेको सडक धुलोको कारण सहजै देख्न नसकिने भएपछि सवारी साधन चलाउन पनि समस्या हुने गरेको छ । जोखिमपुर्ण सडकका कारण होलेरी हुँदै पुर्वी रोल्पा, रुकुम, प्युठानको स्वर्गद्धारी सम्म पुग्न यात्रुहरुले जोखिम मोलेर यात्रा गर्ने गरेका छन । अनियन्त्रित रुपमा बाटो कटान हुनु, बाटोमा ठूला–ठूला गहिरा खाडल भएका कारण पनि जोखिमयुक्त यात्रा गर्नुपर्ने अवस्था मात्र नभई दिर्घरोगी बन्ने सम्भावना रहेको यात्रुहरुको भनाई छ ।

दाङका सिमेन्ट उद्योगबाट रोल्पामा चुन ढुङ्गा वाक्न आवतजावत गने टिप्परहरुले क्षमता भन्दा बढी लोड वोक्ने गरेकाले सडकको अवस्था विग्रदै गएको छ । सहिद मार्गमा कालोपत्रे गर्ने कार्य अन्तरगत सडहक चौडा पार्ने, नाला निर्माण लगाएतका काम भने जारी छ ।।