रोल्पाका यी युवाद्धारा दाङमा उखु खेती,गछर्न मनग्गे आम्दानी

रोल्पाका दुई युवाहरुले दाङमा उखु खेतीको सुरुवात गरेका छन् । साविकको कुरेली ९ उपावाङ रोल्पा घर भएका डम्बर बुढा र धन वहादुर श्रेष्ठले दाङ घोराहीको गैरागाउँमा उखु खेती थालेका हुन् । जग्गा लिजमा लिएर झण्डै ३ विगाह क्षेत्रफल जग्गामा उखु उत्पादन गरिएको उखु किसान डम्बर बुढाले बताए । उनिहरूले उखुखेतबाट मनग्गे अाम्दानी गर्न सकिने बताएका छन । 

माओवादी शसस्त्र द्धन्द्धका क्रममा विद्यालयबाटै नेपाली सेनाको गिरफ्तारमा परेका डम्बर बुढा र २ दशक पहिले रोजगारीका लागी भारत पुगेका धन वहादुर श्रे्ष्ठले अहिले दाङमा रहेर ३ विगाह क्षेत्रफलमा उखु उत्पादन गरेका हुन ।

राजनीतिमा सोझा इृमान्दार कार्यकर्ताको ठाँउ नरहेको निष्कर्ष निकोका बुढा र प्रवासमा रहेर जीवन निर्वाह गर्न गाह्रो हुने निचोडमा पुगेका श्रेष्ठले अव आफ्नै मातृभुमीमा केही गर्नुपर्छ भन्ने आँटका साथ उखु खेती थालिएको वताउदै आएका छन् ।

गत वैशाखमा रोपिएका उखु अहिले विक्रि गर्ने अवस्थामा रहेको किसानहरुको भनाई रहेको छ । झण्डै १५ लाख बढी रुपैयाको लगानीमा उखु खेती गरिएको हो । यसैविच, उखुबाट जुस बनाएर विक्रि गर्नका लागी जुस मेसिनको पनि व्यवस्था गरिएको छ ।

ग्राहकरुलाई उखुको दाना मात्र नभएर सफा र स्वच्छ जुस पिलाएर स्वस्थ वनाउने अभियानका साथ जुस मेसिन पनि किनेको किसान बुढाले वताए । उखु खाएमा शरीरमा रगतको मात्रा बढ्ने, जण्डिस लगाएतका विभिन्न रोग नियन्त्रणका लागी फाईदा पुग्ने भएपछि सर्वसाधारणले उखु खानमा इच्छा देखाउने गरेको बताईएको छ ।

रोल्पा घर भएपनि नयाँ काम गर्न भने विकट गाउँले असर नपुग्ने निष्कर्ष सहित उनीहरु आय आर्जनको बाटोमा लागेका हुन । यसअघि रोल्पाली भनेर केही हेपाहा प्रवृत्ति रहेको भन्दै अव त्यसो हुन नदिने ति युवाहरुको भनाई छ ।