बिकास उन्मुखदिशामा होलेरी बिस्तारै काँचुली फेर्दै

धमाधम बन्न थाले पुलदेखि माेटरबाटो

दशबर्षे दन्दमा थला परेकाे रोल्पाको होलेरीले बिस्तारै काँचुली फर्न सुरूवात गरेकाे छ । हाेलेरीमा विकासका आयाम थपिदै गएका छन । रोल्पा, रुकुम तथा प्युठान जाने प्रमुखद्धारको रुपमा लिईने होलेरी क्षेत्रलाई वदलिदो विकासोन्मुख परिबेशले छुन थालेको हो । विगतका दिनमा रोल्पा भनेर राज्यको समान दृष्टि पुग्न नसकेको होलेरीले विस्तारै परिवर्तनको काँचुली फेर्दै गरेको छ ।

राेल्पा हाेलेरी बजार – तस्विर रेखा मगर

कुहिरो मुनीको बजार भनेर चिनिने होलेरीमा व्यापार व्यवसाय, बैङिक सेवा, साईबर सेवा तथा जनघनत्वमा बृद्धि हुँदै जान थालेको छ । वलदिलो परिवेशले होेलरीलाई सकारात्मक परिवर्ततर्फ डोर्याउन थालेपछि बजारको विकासमा थप मद्दत पुगेको हो ।

समुद्री सतहबाट करिब २ हजार मिटर उचाइसम्म रहेको होलेरीबाट पश्चिम–दक्षिणको नेपालगन्जको समथर तराईदेखि पूर्वको धौलागिरी हिमालय शृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । साथै देशकै प्रसिद्ध धार्मिक स्थल प्यूठानको स्वर्गद्वारीसम्म पुग्न होलेरी हुँदै जानुपर्ने भएकाले यस क्षेत्रको महत्व झन् बढेको छ ।

२ बटा सामुदायिक रेडियो सन्चान भईरहेको होलेरीमा शैक्षिक क्षेत्र, होटेल व्यवसाय, जग्गा जमिनको कारोवार, मानिसहरुको जमघट तथा अन्य व्यवसायले फड्को मारेको छ । विगतमा ढेव्लीमा व्यवसाय गर्दै आएका यस क्षेत्रका व्यवसायीहरुले पक्की घरबाट आधुनिक तवरबाट व्यवसायलाई अघि बढाएका छन ।

होलेरीमा पुराना घर विस्थापित हुँदै नयाँ र पक्की घर निर्माण हुने क्रम बढदो छ । गर्मीयाममा दाङलगायतका तराई क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर स्थानीयले ठूलो लगानीमा सुविधायुक्त होटल निर्माण गर्ने क्रम बढेको छ ।

सहिदमार्गअन्तर्गत पर्ने होलेरी बजार थबाङ र स्वर्गद्वारी सडकको संगमस्थलका रूपमा रहेको छ । जनप्रतिनिधिले होलेरीलाई पहाडी पर्यटन गन्तव्यका रूपमा अगाडि बढाउने योजना बनाएको बताईन्छ । रोल्पाको होलेरीलाई माओवादी जनयुद्धका वेला राजनैतिक घटनाक्रमका हिसाले महत्वका साथ हेर्ने गरिन्छ ।

 कच्ची पुलदेखि बन्न थाले बाटोहरु पनि

विकासोन्मुख अवस्थामा रहेको होलेरी बजारमा कच्ची बाटोहरु पक्की बन्न थालेका छन । केही दिन पहिले होलेरी भित्री बजारको कच्ची बाटोलाई पक्की बनाउने काम भएको छ । तिला जाने रोडदेखि उत्तरतर्फको जम्मा १ सय ८० मिटरको बाटोलाई एक निर्माण कम्पनीले पक्की बनाएको छ ।

यस्तै जुर्नेटाको यसअधि धुलाम्य हुने गरेको बाटोलाई पनि ग्राभेल गरी राम्रो बनाईएको छ । सहिद मार्गलाई कटान गरी कालोपत्रे गर्ने काम अन्तर्गत होलेरी जुर्नेटाको बाटो पनि ग्राभेल गरिएको स्थानीयले बताएका छन । जुर्नेटालाई बजारको प्रमुख केन्द्रको रुपमा लिने गरिएको छ ।

यस क्षेत्रमा मानिसहरुको चाप र व्यापारीक चहलपहल पनि बढेको छ । यसअघि सवारीका साधन चलाउँदा धुलाम्य हुने सडकमा अहिले भने त्यो समस्या नरहेको होलेरीमा होटेल व्यवसाय गर्दै आउनुभएका डिवी घर्तीले बताउनुभयो । धुलाम्य सडकका कारण प्रदुषित वातावरणका साथै सुकाईएका कपडा तथा खानामा समेत असर पुग्ने गरेको थियो ।।

समस्या खानेपानीकाे, हैरान सर्वसाधारण 

पर्यटनको सम्भावना बोकेको रोल्पाको होलेरी बजारमा खानेपानीको समस्याले सर्वसाधारण हैरान भएका बनेका छन । माओवादी सशस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा चिनिने होलेरीमा गर्मीयाम बढेसंगै्र खानेपानीको समस्या विकराल बन्दै गएको बताईन्छ ।

देशमा आएको शान्ति प्रक्रियापछि व्यापारिक चहलपहल पनि बढेको होलेरी बजारमा खानेपानीको समस्या भने दिर्घकालिन रहँदै आएको छ । रुकुम, प्युठान तथा दक्षिण रोल्पाको मुख्य प्रवेशद्वार होलेरीमा खानेपानीको प्रसस्त उपलव्धता नहुँदा होटेल व्यवसायमा झन बढी असर पुग्ने गरेको छ ।

खानेपानीका मुहान प्रशस्त नभेटिने यस क्षेत्रमा प्युठानी डेरा, जुर्नेटा तथा भित्रि बजारका सर्वसाधारणले उचित मात्रामा पानी प्रयोग गर्नबाट बन्चित भएका छन । होलेरीमा बर्षायाम सकिने वित्तिकै देखि खानेपानीको चरम संकट देखा पर्ने गरेको बजारवासी बताउँछन । साबिकका सखी, दुबीडाँडा, डुब्रिङ, झेनाम, जेदबाङ लगाएत गाविसको संगमस्थल होलेरीमा खानेपानीको अभावले चाहे जति होटेल व्यवसाय फष्टाउन नसकेको सम्बद्ध निकायहरु बताउँछन । खानेपानीको अभाव भएपछि दैनिकी चलाउन, सरसफाई गर्न तथा खेतीपाती गर्न समस्या हुँदै आएको छ ।

पानीको समस्या भएपछि विशेष गरी होटेल सन्चालक, विद्यार्थीहरुलाई बढी असर पुगेको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै रुकुम र डोल्पासम्म पुग्ने विद्यार्थीहरुलाई बढी असर पुगेको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै रुकुम र डोल्पासम्म पुग्ने सहिदमार्गले गर्दा विकासको आयाम थपिएपनि खानेपानी भने समस्याको रुपमा रहेको छ ।।