रोल्पाको त्रिवेणी गाउँपालिकामा बाल संरक्षण समितिलाई तालिम

रोल्पा

रोल्पा त्रिवेणी गाउँपालिका अन्तरगतका वडा बाल संरक्षण समितिलाई बाल संरक्षणका विषयमा तालिम प्रदान गरिएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय तथा सेभ द चिल्डे«न र हुरेक रोल्पाको आयोजनामा गाउँपालिकाका ६ वटा वडाका वडा बाल संरक्षण समितीलाई बाल संरक्षण विषयक तिन दिने आधारभुत तालिम दिईएको हो ।

गाउँपालिका वडा नं. १ करेटी र वडा नं. ७ गैरीगाउँ को गैरीगाउँमा, वडा नं. ३ बुढागाउँ र वडा नं. ६ जुगार को जुगार नेर्पामा, वडा नं. ४ बुढागाउँ र वडा नं. २ नुवागाउँ को होलेरीमा सञ्चालन भएको थियो । होेलरीमा अस्ती देखि सुरु भएको तालिमको आज एक कार्यक्रमका वीच समापन गएिको छ ।

तालिममा बाल अधिकार, बाल संरक्षण, समितिको काम कर्तव्य अधिकार र जोखिम अवस्थाका बालबालिकाको मामिला व्यवस्थापन सम्वन्धी विषयमा सहजीकरण गरिएको हुरेक रोल्पाका बाल संरक्षण अधिकृत सुवास चन्दले जानकारी दिए ।

तालिममा तिन वटै स्थान गरि करिव ६५ जना समितीका सदस्यको सहभागिता रहेको थियो । तालिमको सहजीकरण सेभ द चिल्डे«नका कान्ती खड्का, राजेन्द्र पन्त र हुरेक रोल्पाका बाल संरक्षण अधिकृत सुवास चन्दले गरेका थिए । “तालिमबाट बालबालिका प्रतिको संवेदशिलता र समितबाट बाल संरक्षणका सवालमा गर्न सकिने गतिविधिको बारेमा जिम्वेवारी बोध भएको तालिमका सहभागी अरनिको मावि नुवागाउँका शिक्षक गणेश कुमार घर्तिले बताए । ”

“बालबालिकाको संरक्षण र प्रवद्र्धनको यस अभियानमा त्रिवेणी गाउँपालिकाको सहकार्य र तदारुकतामा समितिको उल्लिखनिय भुमिका निर्वाह गर्नेमा विश्वस्त रहने सहभागीहरुले वताएका छन ।