रोल्पा पञ्चीकोटका अग्नी पीडितले राहत पाउने
रोल्पा पञ्चीकोटका अग्नी पीडितलाई राहत प्रदान गर्न नेता वर्षमान पुन र निवर्तमान सभामुख ओनसरी घर्ती अग्नीपीडित समक्ष पुग्ने भएका छन । सुवर्णावती गाउँपालिका–१, घोडागाउँ पञ्चीकोटमा यहि माघ १३ गते भएको आगलागीबाट ७ घर जलेर नस्ट भएका थिए ।
अग्नी पीडितलाई राहत प्रदान गर्नका लागि प्रतिनिधिसभा सदस्य वर्षमान पुनमगर ‘अनन्त’ र निवर्तमान सभामुख ओनसरी घर्तीमगर आज पञ्चिकोट आउन लागेका हुन । आग्लानीबाट स्थानीय नरीमा घर्तीमगर, नरेन्द्र पुनमगर, कुमारी पुनमगर, अमरबहादुर घर्तीमगर, पवी घर्तीमगर, कृष्णबहादुर घर्तीमगर र किशोर घर्तीमगरको घर गोठ जेलेर नस्ट भएका थिए ।
नगेन्द्र पुनका छोरा करिब ६ वर्षिय आयुष पुन आगलागीमा परी घाइते भएका थिए । तिनै पीडितहरुलाई रोल्पा काठमाण्डौँ गणतान्त्रिक मञ्चको पहलमा संकलन गरिएको रातह हस्तातरण गर्नका लागि नेता वर्षमान र ओनसरी घर्ती रोल्पा आउन लागेका हुन । आज विहान ११ बजे सो गाउँमा पुगेर झण्डै २५ वोरा चामल, २५ वटा बलाङ्केट, भाडा बर्तन, नुन, तेल लगायत अन्य राहतका सामाग्री पनि हस्तान्तरण गर्ने सम्पर्कका मञ्चका अध्यक्ष जीवन रोकामगरले बताए ।
प्रतितिनिधी सभा सदस्य वर्षमान पुनमगरले गाउँमा पुगेर राहत प्रदानसँगै घर बनाउनको लागि पीडितलाई सहयोग गर्ने घोषणा समेत गर्ने कार्यक्रम रहेको स्वकीय सचिव सन्तोष पुनमगरले बताए । पञ्चिकोटका अग्नी पीडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, सुवर्णावती गाउँपालिका, वडा कार्यालय, शहीद स्मृति युवा क्लब, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिश्वकर्मा लगायतले सँस्थागत तथा व्यक्तिगत राहत प्रदान गरे ।