अर्बौ भ्रष्टाचार काण्डका नार्इके चुडामणी शर्माको घरमा यसरी नेकपाले बोल्यो धावा

सम्पति राष्ट्रियकरण गर्न माग

अर्बौ रकम भ्रष्टाचार गरेको आरोप लागेका चुडामणी शर्माको घरमा नेपाल कम्युनिष्ट पार्टीले तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता र स्थानीयले तोडफोड गरेका हुन् ।

सयौ कार्यकर्ता र जनतासहित चुडामणीको घरमा पुगेका नेकपाको टोलीले शर्माको आक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका थिए । आक्रमणाबाट शर्माको घरका सीसा, झ्याल, ढोकामा ठूलो क्षति पुगेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा शर्माको घर रहेको छ । शर्मालार्इ अख्तियार दुरुपयोग अनुसान्धन आयोगले खोजिरहेको छ । तर, उनी अहिलेसम्म सुरक्षाकर्मीहरुकैबीच लुकेर बसेको बताइन्छ ।

यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो । उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् । नेकपाले भ्रष्ट र दलालहरुका विरुद्ध राष्ट्रिय संघर्षको घोषणा गरेको छ । देश भ्रष्टाचारको दलदलमा परेर ध्वस्त पारिएको तथा जनता र राष्ट्रको जीवनमाथि खेलवाड गरिएको भन्दै नेकपाले आम जनतालार्इ भ्रष्टाचारका विरुद्धको अभियानमा साथ दिन आग्रह पनि गरेको छ ।