दुर्इ जिल्लाको प्रवेशद्धारको रुपमा रहेको बाटो पक्की
रोल्पा, प्युठान र रुकुमको प्रवेशद्धारको रुपमा रहेको होलेरीको भित्रि वजारमा वाटो पक्की गरिएको छ । यसअघि कच्ची बाटो रहँदै आएको होेलरी भित्रि वजारको बाटो अहिले पक्की वनेको हो ।
तिला रोडदेखि भित्री बजारसम्मको १ सय ८० मिटरको उक्त बाटोलाई पक्की बनाउने काम भएको हो । गत जेठ १५ देखि निर्माण थालिएको उक्त बाटो तोकिएको समयसीमा भन्दा ढिला गरी निर्माण सम्पन्न भएको हो ।निर्माणको जिम्मा लिएको तुलसी निर्माण सेवा लिवाङ रोल्पाले उक्त बाटो निर्माण गर्न ४५ लाख ७७ हजार रुपैया खर्च भएको जानकारी दिएको छ । निर्माण कार्यमा संलग्न टोपेन्द्र जंग सेनले उक्त बाटो निर्माण सम्पन्न गर्न झण्डै २५ दिनको समय लागेको जानकारी दिनुभयो ।
निर्माण सुरु भएको मितिले पहिले नै निर्माण हुनुपर्ने भएता पनि चुनावी गतिविधी, वर्षाको समय जस्ता कारणले ढिला गरी हाल निर्माण सम्पन्न भएको सेनले वताउनुभयो । साढे तीन मिटरको चौडाई रहेको उक्त बाटो निर्माण सम्पन्न भएपछि अव सवारीका साधन सहज रुपमा चलाउन सहज हुने अपेक्षा गरिएको छ । यसअघि कच्ची रहेको उक्त बाटो धुलाम्य रहने गरेको थियो ।