शैक्षिक गुणस्तर वृद्धिका लागि खवरदारी आवश्यक
शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षासंग प्रत्येक्ष सरोकार राख्ने निकायहरुको खवरदारी आवश्यक रेहेको निश्कर्ष निकालिएको छ । वदलिदो परिवेशमा शिक्षा दिने र आर्जन गर्ने पद्धति पनि फेरवदल हुँदै गएको भन्दै त्यसमा प्रत्यक्ष सरोकार राख्ने निकाय क्रियाशिल र सदैब चनाखो बन्नुपर्ने आवश्यकता औल्याईएको हो ।
रुन्टीगढी ७ गैरा रोल्पास्थित पशुपति प्राथमिक विद्यालयलेआयोजना गरेको शैक्षिक गुणस्तर वृद्धिका लागी सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरा वताएका हुन । उनीहरुले शिक्षण पेशा मितव्ययी हुनुपर्ने, विद्यालय क्षेत्र विद्यार्थीको साथी र मैदान जस्तो संवेदनसिल क्षेत्र भएकाले वालमैत्री वातावरणको विकास गर्दै जानुपर्नेमा जोड दिएका हुन । यस्तै उनीहरुले विद्यादयमा वालवालिकाको संख््यामा बृद्धि गर्नुपर्ने, शिक्षकले विद्यार्थीको सम्पुर्ण अवस्थाबारे ख्याल गर्नुपर्ने, समय सापेक्ष सृजनात्मक र ज्ञान हासिलगर्दै जानुपर्ने, अभिभावकहरु छोराछोरीको शैक्षिक सामाग्रीवारे जानकार बन्नुपर्ने, उनीहरुको पहिलो पाठशाला घरायसी असलवानी व्यवहार सिकाउनुपर्ने, सरसफाईको अवस्थालाई सुधार्दै जानुपर्ने, उनीहरुको खानपान, खाजानास्ता आवश्यकताबारे चनाखो बुन्नुपर्ने जस्ता आवश्यकता औल्याईएको थियो ।
विद्यालय व्यवस्थापन समिति वुद्धिजीवि तर्फका सदस्य कमल घर्तीको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागीआ–आफ्नो क्षेत्रबाट प्रतिवद्ध रहेको वताउँदै अव छोराछोरीको सुन्दर भविष्यका लागी १०–४ को समयले मात्रै नपुग्ने निश्कर्ष समेत निकालेका छन । विद्यालयीय समय मात्रै सिकाई र ज्ञानका लागी अपुग रहेको भन्दै उनीहरुले अशल संस्कार र ज्ञान दिन सक्रिय रहने प्रतिवद्धता समेत जनाएका छन ।
वालवालिकाहरुको सिकाई स्तर माथि लैजानका लागी दक्ष, पुर्ण शैक्षिक वातावरण, सहज, सरल र व्यवस्थित सिकाईको आवश्यकतामा जोड दिईएको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख््दै रुन्टीगढी गाउँपालिकाका शिक्षा संयोजक तथा स्रोतव्यक्ति कुलराज आचार्यले पशुपति प्राविले शैक्षिक गुणस्तर वृद्धिका लागि राम्रो प्रयास गरिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । साथै उहाँले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकले खेलिरहको भूमिकावारे प्रत्येक महिना अनुगमन र निरिक्षणमा सक्रिय रहेको वताउदै दण्ड नभई माँया दिएर विद्यार्थीको मनोविज्ञान वदल्न आग्रह गर्नुभयो ।
उक्तविद्यालयमा शैक्षिक गुणस्तर वृद्धि र अर्थपुर्ण शिक्षणका लागीविभिन्नक्रियाकलाप र लक्ष्यहरु राखिएको छ ।हालविद्यार्थीकासिकाईमा सहजताल्याउनशिक्षकतथाविद्यार्थी उपस्थिती पाटी, शिक्षकहरुको विदातथाआकस्मिक समय तालिका, निरन्तर मुल्याँकन प्रणाली, ९० मिनेटको कक्षा संचालनगरिदै आएको प्रधानाध्यापक महेन्द्र रोकाले जानकारी दिनुभयो ।
यस्तै प्राथना समयमा दैनिकविद्यार्थीबाट सामान्यज्ञान र प्रश्नउत्तर, बालक्लवद्धारा मासिकभित्ते पत्रिकाप्रकाशन, अंग्रेजीमाध्यममा पठनपाठन, कम्प्युटर शिक्षा, कक्षाकोठामा छापामय वातावरण, अतिरिक्तक्रियाकलाप, बुक कर्नरको व्यवस्था र खेल मैदानको व्यवस्थागरिएको उहाँले बताउनुभयो । यस्तै भावी योजनाको रुपमाखानेपानीको राम्रो व्यवस्था, मोटरबाटोको व्यवस्था, भवनकालागीपहलगर्ने, छात्रहरुका लागीशौचालयनिर्माण गर्ने, शिक्षक दरबन्दीमागगर्ने र अभिभावकतथा समुदायको चासो बढाउने लगाएतकाविषयहरुअघी सारिएको हो ।
कार्यक्रममाविद्यार्थी, अभिभावक, स्थानीय सरकारकाप्रतिनिधि, रानजैतिकदलकाप्रतिनिधि, वुद्धिजीवी, शिक्षाकाप्रतिनिधीहरुको सहभागीता रहेको थियो । शिक्षक रेखा बुढाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममाकक्षा ५ का छात्राहरु बन्धना बुढा, टिका खड्का, तिलसरा खड्का र भिमकुमारी पुनले वालगीत प्रस्तुतगर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयकाप्रधानाध्यापक महेन्द्र रोकाले गर्नुभएको थियो । यसैविच विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य भैराम वहादुर पुनले विद्यालयको लागी ६ रोपनी जग्गा दान गर्नुभएको छ । आज भएको कार्यक्रममा उहाँले विद्यालयको लागी उक्त जग्गा दान गरिएको घोषणा गर्नुभएको हो ।।
‘