किन मर्दहरु नामर्दको बलमा बाँच्छन ?

२०११ सालमा राजा त्रिभुवनले लक्ष्मीप्रसाद देवकोटालाई राजनीतिक बुद्धिजीवीहरुको छनोट गरी सल्लाहकार सभाको सदस्य बनाएका थिए । स्वतन्त्र विशिष्ट व्यक्ति भएकाले देवकोटालाई विरोधी बेञ्चले नेता तोक्यो । सल्लाहकार सभामा आफ्नो मत अभिव्यक्त गर्न तराईबासीलाई हिन्दी ‘छूट’ हुनुपर्छ भनेर तराई प्रतिनिधिहरुले विवाद खडा गरे ।

लेखक

त्यसबेलासम्म तराईको शिक्षा दीक्षामा हिन्दी माध्यमको सहुलियत दिइएकोले पठित नेपालीलाई पनि नेपाली भाषामा अब्बल थिएनन । हिन्दी बाहेक क्षेत्रीय भाषामध्ये एउटालाई स्थान दिँदा पनि समस्या उस्तै थियो । विभिन्न भाषाको प्रयोग गर्न दिने काम आफैमा न्यायोचित थिएन । राष्ट्रभाषाको विषय लिएर तराईका प्रतिनिधिले सभा बहिष्कार गरे । उनीहरुको भनाई थियो– ‘नेपालमा संविधान बनेकै छैन । राष्ट्रभाषा के हुनुपर्छ र उपभाषाको रुपमा कुन भाषाले स्थान पाउनुपर्छ, त्यो संविधानले निर्णय गर्ने विषय हो ।

नेपाली राजनीतिमा पात्र फेरियो, प्रवृत्ति फेरिएन । शासक फेरिए, शासकका सोख र बोली फेरिएन । यहाँको राजनीति अमूर्त कला हेरेको दर्शकलाई जवाफ मागिएजस्तै हुने गरेको छ । शास्त्र भन्छ– ‘राजरस महजस्तो स्वादिलो गुलियो हुँदैन । यो त विषपान गर्नुसरह हो । जुन शासकले विषपान गरी अमृत ओकल्छ, उसले कुशलतापूर्वक राज्य सञ्चालन गर्न सक्दछ । राजनीति गर्नेले निद्रामा पनि व्युँझनुपर्छ । अस्वस्थ हुँदा पनि मस्तिष्कमा चैतन्य बनाउनु पर्छ ।’

अन्तरिम संविधान काम चलाउ हो । त्यसको आधारमा कुनै जटिल प्रश्न लादिनु हुँदैन ।’ दुई दिनको विवादपछि नेपालीमा नै बोल्न अभ्यास गर्नुपर्ने र त्यो नभएसम्म आफ्नो विचार नेपाली नआउनेले हिन्दीमा व्यक्त गर्नसम्म पाउने, सदनको कार्यवाही, प्रस्ताव, प्रश्न, विधेयक आदि नेपालीमा नै हुनुपर्ने गरी समस्या सुल्झाउने चेष्टा गरियो । देवकोटालाई सरकारको यो नीति मन परेन । उनी बेन्चमा उठेर अंग्रेजीमा धाराप्रवाह भाषण गर्न थाले । अध्यक्षले रुलिङ त गरे तर भाषण रोकिएन ।

रुलिङपछि देवकोटाको उत्तर थियो– ‘हिन्दी एउटा देशको अर्धराष्ट्र भाषा नेपालमा बोल्न छुट पाइन्छ भने अन्तर्र्रािष्ट्रय भाषाको रुपमा मान्यता प्राप्त अंग्रेजी बोल्न किन नपाइने ? हिन्दीलाई राष्ट्रभाषा भन्ने मुलुकका समस्त कारोबार अंग्रेजीमा हुन्छन । राष्ट्रसंघमा अंग्रेजी बोलिन्छ । भारतको संसदीय भाषा अंग्रेजी छ । हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो मलाई बताइदिनुपर्यो । हामी अधिकांश सदस्य हिन्दी बुझ्दैनौं । तर यहाँ एक दुई सदस्य छोडेर म अंग्रेजी नबुझ्ने कोही देख्दिन ।’

तात्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानी सेनाका एक लाख जतिलाई युद्धबन्दी बनाइन । पाकिस्तान टुक्र्याए दुई स्वतन्त्र देश बनाइन । सिक्किमलाई भारतमा विलय गराइन । दक्षिण एशियाका कुनै शासक उनलाई शिर उँभो पारेर हेर्न सक्दैनथे । प्रतिपक्षी दलका नेता अटलविहारी बाजपेयीले उनको ख्यातीको प्रशंसा गर्दै रणचण्डी दुर्गासंग तुलना गरेका थिए । धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिमी बंगालको चुनावमा सीपीएमलाई चुनाव वहिष्कार गर्न बाध्य पारिन । अनि कांग्रेसको एकलौटी शासन चलाइन । तर जगमोहन लाल नाम गरेका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी बर्खिलाप भन्दै बदरको घोषणा गरिदिए । यो पैmसलाले सम्पूर्ण भारत हल्लियो । एउटा न्यायाधीशको फैसलाले इन्दिरा गान्धीले सत्ताबाट हात धुनु पर्यो । एकताका सय करोड जनताकी राजमाता भनिएकी इन्दिरा गान्धी अन्ततः चुनाव हारिन ।

नेपाली राजनीतिमा पात्र फेरियो, प्रवृत्ति फेरिएन । शासक फेरिए, शासकका सोख र बोली फेरिएन । यहाँको राजनीति अमूर्त कला हेरेको दर्शकलाई जवाफ मागिएजस्तै हुने गरेको छ । शास्त्र भन्छ– ‘राजरस महजस्तो स्वादिलो गुलियो हुँदैन । यो त विषपान गर्नुसरह हो । जुन शासकले विषपान गरी अमृत ओकल्छ, उसले कुशलतापूर्वक राज्य सञ्चालन गर्न सक्दछ । राजनीति गर्नेले निद्रामा पनि व्युँझनुपर्छ । अस्वस्थ हुँदा पनि मस्तिष्कमा चैतन्य बनाउनु पर्छ ।’

तर भारतमा पानी पर्दा छाता ओढ्नुपर्ने पिरलोबाट यहाँको राजनीतिले कहिल्यै मुक्ति लिने भएन । त्यहाँको असफलतालाई पनि यहाँ शिरफुल बनाउने संस्कार विकास भयो ।  भारत जाँदा राष्ट्रियताको क्रान्तिकारी स्वर लिएर जानेहरु फर्कदा छोराछोरी, बहिनी , सालासाली र ज्वाइँलाई डाक्टर, ईन्जिनीयरको छात्रवृत्तिको करारनामामा राष्ट्रिय स्वार्थ खरानी बनाएर आउँछन् । एउटा एम्बुलेन्स, स्कुले गाडीमा स्वाभिमान र स्वाधीनताका सम्पूर्ण आदर्श खरानी बनाउनु नियति बन्दै आएको छ । भारत भ्रमणपछि नेपालीका लागि आउने कोसेली भनेको पेन्गुइनले लुगा लाए जसरी त्यहाँका नेतासंग खिचिएका बेढंगे फोटा मात्रै हुन् । वर्षेनी झण्डै खरब डलरको व्यापार गर्ने भारत–चीन यी दुई देश बीचका हामी नेपाली त्यो कुखुराको भाले भएका छौं, जो बासे पनि नबासे पनि विहान हुन कुनै बाधा पर्दैन् ।

तिब्बती शरणार्थीका सारथी दलाई लामा वर्षौंदेखि भारतमा आसन जमाएर बसेका छन् । प्रमुख नेताले नै शरण पाएको मुलुकमा लोकतन्त्रको मर्यादामा कुनै आँच आएको छैन् । व्यापारमा उतार चढाव आएको तथ्यांकले देखाउँदैन् । द्विपक्षीय सम्बन्ध मजबुत छ । कुटनीतिका खम्बाहरु बज्रजस्तै दरिला छन् । बरु औद्योगिक क्रान्तिका मानक ठहरिएका जोर देश पश्चिमालाई लघारेर गुमेको पूर्वीय आर्थिक सभ्यता फेरि उदय गराउने महाअभियानमा जुटेका छन् ।

तर गेरु बस्त्र लगाउने एउटा तिब्बतीको गतिविधिलाई लिएर राष्ट्रमै भूइँचालो जानुपर्ने, गाडी गुडेका शहरका बाटा बन्द गरेपछि सर्वसाधारणले चोरबाटो खोज्नुपर्ने, ठूलाबडा मुखियाहरुले एक चीन नीतिबारे दिनमा दशपल्ट स्पष्टिकरण दिनुपर्ने यो हाम्रो कस्तो कुटनीति हो ? नागरिकता लिएर के गर्नु एकमुठी चिल्ला सुकिला बाहेकका नेपाली जनता आफ्नै आँगनमा शरणार्थीको नियति बाँच्न बाध्य छन् । एउटी नारी भृकुटी चीन पुगिन, साइनोको सेतू बनिन् । अरनिको पुगे, संस्कृतिको अमिट बाटो कोरे । बीपी गए, संसारको धुरी सगरमाथालाई नेपालको पोल्टोमा पारे । अपठित जंगबहादुर बेलायत पुगेर आएपछि सेनामा सुधार गरे । छापाखाना प्रारम्भ गरे । राजा महेन्द्रले भारतसंगको निर्भरता हटाउन राजमार्गदेखि बसाइँसराईको तुरुपसम्म चलाए । चार दशकअघि नै बीपी कोइरालाले नेपालमा बढ्ेको मुखुण्डो प्रवृत्तिको जस्ताको तस्तै आंकलन गरेका थिए ।

एक प्रसंगमा उनी भन्छन्– ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन, कोही चीनवादी होलान, कोही अरुवादी । म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे । भारतवादी खुशी छैनन् रे । एउटा चीनवादीले त मसित भने– भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं । भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं । र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौं । अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन् । चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन् । एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं । मानौं, नेपालीहरु अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन् ।’ 

ऋग्वेद सुक्त ७२÷२ मा भनिएको छ– असत्यमा सत्य स्थापित छ । जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आपूmमा सुरक्षित राख्नु आवश्यक छ । नेपालको राजनीति विवेक कम, निर्देशन ज्यादाबाट चल्ने गरेको छ । अहिले मात्र हैन, उहिल्यै देखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ ।

जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो । तीर्थाटनमा आएकी एउटी महिलासंग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस् बनाइदिए । नेताहरु थुन्ने पनि अरु नै, छुटाउने पनि अरु नै । कुर्सीमा आसिन गराउने पनि अरु, खँदार्ने पनि अरु नै । शायद मर्दहरु नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ । कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किदो थियो ।

नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो । भारतीय नेताहरु महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरुले मानवताको नाताले रिहाईको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए । पद्मशम्शेरका नाममा लोहियाले लेखेको पत्रमा भनिएको छ– ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईलाई भेट्न आउँदैछन् । श्री विश्वेश्वर प्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ । उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोशिस गर्न सकिन्थ्यो ।

मलाई विश्वास छ यी युवकको मृत्युबाट हामी सवैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरेमात्र बचाउने थोरै आशा बाँकी रहन्छ । विश्वेश्वरको रिहाई नेपाल भारत दुवैका लागि कल्याणकारी हुन्छ । आशा छ– तपाईंको तर्फबाट मानवीय कर्म हुनेछ ।’ यता पद्यशम्शेरले पनि प्रजातन्त्रको माग गर्दै सत्याग्रहमा उत्रिएकाहरुको माग सम्बोधन गर्नकै लागि नेहरुसंग आग्रह गरेका थिए । सोही प्रयोजनका लागि नेहरुले अाफ्ना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रघुनाथसिंह, रामउग्रसिंहजस्ता कानुनविद् नेपाल पठाइदिए ।

आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरुलाई भेट्न गए । नेहरुले भनेका थिए– तपाईंहरु के का आधारमा विवरण दिनुहुन्छ थाहा छैन मलाई । मैले पनि अाफ्ना चारजना प्रतिनिधिहरु पठाएँ । जसमध्ये दुईजना विश्वासपात्र र भरपर्दो चरित्रका थिए । तिनीहरुले त तपाईंहरुले भन्दा बिल्कुलै अर्कै प्रकारका खबर ल्याए । तपाईंहरुले एक्कैचोटि धेरै आशा गर्नुहुन्न । तिनीहरुले महाराजलाई एकान्तमै भेटेका थिए । महाराजको भनाइ छ– ‘सुधारको प्रगति आन्दोलनले गर्दा पछाडि घचेटिएको हो ।’ दोहोरो चरित्रको यस्तो कुटिल राजनीति अहिले झन् पेचिलो बन्दै गएको छ । पहिला त कम्तिमा संवाद हुन्थ्यो, अहिले त इसारामा काम तमाम् हुन्छ ।

छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरुको ढाड्स पाएका जंगबहादुरले पहिले आफुलाई राणाजी बनाए । अाफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पुर्याए । अाफ्ना भाइहरुको विवाह राजा खलक मात्र बनाएनन, श्री ३ घोषणा गरेर राजपाटमा दख्खल दिए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिएपनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।

हाम्रो भूमि यतिबेला चाणक्यले खबरदारी गरेको स्थितिमा पुग्दैछ । रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौंको पीडा पनि अन्ततः यही मनोविज्ञानसंग जोडिएको छ । घुसखोरीबाट राज्य संयन्त्र आक्रान्त छ । सरकारले दिने तलव हाजिरीवापत र कामका लागि अतिरिक्त असुल्नुपर्ने अघोषित नियम बन्दै गएको छ । नेपालका अड्डा अदालतको कल्पना कस्तो गरिएको थियो भन्ने पृथ्वीनारायण शाहको यो अनुभवले पनि प्रष्ट पार्छ– ‘अदालथका पैसा दरवारभित्र नहाल्नु. फकीर फकिडा अतित जोगि सन्न्यासि ब्राह्मणहरु ईनैलाई दछिना भोर्जन चलाईदिनु. उप्रेका पैसा दछिना चलाई धोती रुमाल चलाईदिनु. यसो भया असत्यको दोस लाग्दैन.’ अहिले न्यायालयमा कस्तो गोरखधन्दा हुन्छ र न्यायाधीश नामका गुठियार कुन मनोवृत्तिका हुन्छन् भन्ने दृश्य जो कसैले अनुभव गर्न सक्छ । सवै ठाउँबाट निवृत्त भएपछि खुराफातको चरम प्रयोग गर्ने ठाउँ राजनीतिलाई बनाइँदा यी सवै झमेला आइलागेको हो भन्ने बुझ्न कठिन छैन् । त्यसैले गरिबसंग हैन गरिबीसंग लड्ने राजनीतिक संस्कारको विकास गरौं ।

[email protected]