नलगाड नगरपालिकाको दल्लीमा बहिरंग शिवीर सञ्चालन
नलगाड नगरपालिकाको दल्लीमा बिहीवार बहिरंग शिवीर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी, सामुदायिक आँखा उपचार केन्द्र, जाजरकोट, पहाडी क्षेत्र बिकास अभियान जाजरकोट र नलगाड नगरपालिकाको आयोजनामा बिहीवार दल्लीमा बहिरंग शिवीर सञ्चालन गरिएको हो । ब्रेनोज यरकेर प्रोगोराम, नेपालगञ्जको प्राबिधिक सहयोगमा आँखा कानका बिरामीहरुलाई सेवा दिन बहिरंग शिवीर सञ्चालन गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए । उक्त शिवीरमा बारेकोट, छिमेकी जिल्ला रुकुम, आठबिसकोट, रारी लगाएतका ठाउँका बिरामीहरुले सेवा लिएका छन् ।
एक दिनका लागि सञ्चालन गरिएको शिवीरलाई विरामीहरुको संख्या बढिभएपछि भोली शुक्रवार पनि सञ्चालन गरिने नलगाड नगरपालिकाको सचिवालयले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा बिहीवार बिहान १० बजेवाट सुरु भएको आँखा, कान सम्बन्धिीको बहिरंग शिबीरमा पहिलो दिन एक सय ४२ जना बिरामीले सेवा लिएका छन् ।
पहिलो दिन सेवा लिएका बिरामीहरुमा अप्रेशन गर्नु पर्ने ३३ जना कानका विरामीहरु छनौट भएका छन् भने, मेशिनद्धारा चेक गर्नु पर्ने ३५ जना कानका बिरामीहरु रहेको शिवीरमा सहभागी प्राविधिकहरुले जनाएका छन् । उक्त शिवीरमा टिकट लिने बिरामीहरुको निक्कै ठुलो घुइँचो लागेको थियो । बिरामीको निक्कै ठुलो भिड लागेपछी भिडलाइ व्यबस्थित गर्न ईलाका प्रहरी कार्यालय दल्लीका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।