रहेनन मुनब्बर हल्वाई र पुर्ब प्रनानि शाह
मुनब्बर अली हल्वाई नेपालगन्जबासीका लागि चिरपरिचित नाम हो । बिहिवार विहान भारतमा भएको सवारी दुर्घटनामा हल्वाईले ज्यान गुमाएका छन् । भारतको उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको रिसियामा भएको सवारी दुर्घटनामा दुईजना नेपालीको ज्यान गएको हो । बिहिवार बिहान भएको दुर्घटनामा तीनजना नेपाली घाइते भएका छन् । दुर्घटनामा नेपालगन्जका मुनब्बर अली हल्वाई र रोशन शाहको ज्यान गएको ईलाका प्रहरी कार्यालय जमूनाहले जनाएको छ ।
मृतक हल्वाई मङ्सिरमा सम्पन्न प्रतिनिधीसभामा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । हल्वाई नेपालगन्जमा मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्गका संचालक समेत हुन् । कुनै समय सद्भावना पार्टीको नेता रहेका मुनब्बर मधेस आन्दोलनमा समेत सक्रिय अनुहार हो । यसैगरी शाह पुर्ब प्रहरी नायब निरिक्षक हुन् ।
दुर्घटनामा नेपालगन्जका संग्राम शाह,अंगुर खड्का र ईमरान अली हल्वाई घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते इमरान मृतक मुनब्बरका छोरा हन् । ईमरानलाई थप उपचारका लागि लखनउ रेफर गरिएको छ । अन्य घाइतेको बहराईचमा उपचार भईरहेको छ ।नेपालगन्जबाट भारतको लखनउका लागि जादैं गरेको नेपाली सवार यूपी ४०१६ ८१४ नम्बरको महेन्द्र गाडी रिसियामा युपी२१एएन७०६२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव नेपाल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।