राजधानीमै नक्कली डाक्टरको बिगबिगी

फेरि १२ जना पक्राउ

काठमाडौं । फेरि एक दर्जन नक्कली डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना नक्कली डाक्टरलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको विवरण भने गोप्य राखिएको छ । आज सीआईबी ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा १२ जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।

नक्कली डाक्टरको छानबिन बिगत १ बर्ष पहिले केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्को सहकार्यमा ८ सय ९ जना डाक्टरको प्रमाणपत्र छानविन गरिएको थियो । तीमध्ये एक सय ९ जनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो भने ५९ जना डाक्टरलाई पक्राउ गरेर मुद्दा चलाइयो