वामपन्थी मठाधीश वाइवर संविधान र पर्दाबाहिरको सुन्दरी प्रतियोगिता

देशको राजनीति परिवर्तन अग्रगमन या पश्चगमन दिशामा बढ्दैछ त्यो राष्ट्रको कानुन र राजनीति गतिविधिमा निर्भर रहन्छ –अब्राहम लिङ्कन

लेखक

राजनीतिक परिघटनाको ऐतिहासिक अध्यन नगरीकन परिवर्तनको उपलब्धि देख्ने हाम्रा राजनीतिक पार्टी त्यसको नेतृत्वमा बन्ने सरकार सबै जनताको विरुद्धमा हुन्छ र राष्ट«को विरुद्धमा नै हुन्छन । भन्ने कुरालाइ तथ्य निशानी भुल्नु हुदैन । नेपाली जनतालार्इ विभिन्न प्रलोभनमा पारेर चुनाव र चुनावी परिणाम सार्बजनिक गर्न बानीपरेका राजनीति मानवीय बदनियत बाहेक अरु केहिपनी देख्न सकिदैन । चुनाव नाममात्र भजाउने हो भने जुद्द शमसेर राणाको कार्यकालमा समेत भएको तथ्यांक छ । त्यो त्यतिबेला अग्रेजको इशरामा राजतन्त्रलाई अबैध र जहाँनिया राणा मोडललाई बैधानिक दिन थियो । त्यसकै शिलशिलामा नेपालमा अबैधानिक ब्यबस्थालाइ बैधानिक दिन राजनीति नेतृत्व लागि पर्छ भने नेपाली जनताले अबैधानिक ब्यबस्थाको समुल नष्टको लागि अनबरत संघर्ष र बलिदान गर्दै आएको ऐतिहासिक तथ्य छ ।

नेपाली राजनीतिमा वामपन्थी मठाधिश

नेपाली समाजमा देखिएको राजनीतिक अन्यौलतालाइ सदालागि अन्त्यका लागि विभिन्न राजनीतिक आन्दोलन वर्गसंघर्ष चरम उत्सर्कमा पुग्दै उपलब्धि बिहिन प्रमाणपत्र जस्तो किताबी क्यालेन्डर झुण्डयाएर राजनीति अस्थिरता यथावत राखेको इतिहाँस साक्षी छ । तितो सत्य के हो भने वर्गसंघर्ष राजनीतिक आन्दोलन जे जतिसुकै नेपालम भएका छन । ति सबै राष्ट्रिय मेलमिलापको बहानामा बिदेशी चलखेल र इशााराम पुरानै ब्यबस्थालाइ टिकाउन र बैधानिकता दिन उपलब्धिहिन सम्झौतामा टुंगिन पुगेका छन। छिमेकी भारत पश्चिमी मुलुक अमेरिकी चाहाना पनि यहीँ थियो ।

दस बर्षको जनयुद्ध र २०६२ र ०६३ को जनआन्दोलन पछि नेपाली राजनीतिमा देखापरेको आशादित राजनीति उथलपुथल र त्यसको परिवर्तन राजनीतिक नेतृत्वले नेपालको राजतन्त्रात्मक शासन ब्यबस्थालाइ परिवर्तन गरेको र गणतन्त्र घोषणा भएको कुरालाई संचार माध्यमबाट खुल्लेआम जनताको कानसम्म पुर्यायो राजसँस्थाका नाइके ज्ञानेन्द्र शाहीलाई बिधिवत नगार्जुन पुर्यायो बास्तबिकता त्यतिमात्रले स्थिरता हुने देखिदैन । राजतन्त्रको मुलमन्त्रलाइ मलजल गर्नेकाम विभिन्न तवर तरिकाले हुँदै आएको छ। बर्तमान अबस्थामा हिमानी ट्रस्टको नामले राजतन्त्रको प्यारालाल पुनर्जीवन जिउन र ब्युझाउन तल्लीन छन ।

जसको ३५५ लगानीमा स्थानीय चुनाव प्रदेश चुनाव र प्रतिनिधि सभा चुनाव सम्पन्न भएको छ । जसको कर्जा बर्तमान वामपन्थी र प्रजातान्त्रिक गठबन्धनमा व्यापक लगानी भएको छ । जसको ब्याज स्वरुप हिमानीले राष्ट्रिय सभामा निरबिरोध सदस्यको लबिङ सुरु भएको बाहिर आउन थालेको छ । भयानक र डरलाग्दो कुरा त के हो भने उपचारको निहुँ पारेर केपि वलीको थाइल्यान्ड प्रस्थान प्रचण्डका परिवार र एजेन्ड भारत प्रस्थानले स्थिति रहस्यमय बनाएको छ ।

केपिको थाइल्यान्डमा हिमानी र एफबिवोसँगको भेटघाट र प्रचण्डको रअ सँगको भेटपछि नेपालमा यो घटना निम्तिनुले स्थितिमा थप जटिलता ल्याउने निश्चित छ । वामपन्थी एकता र पार्टी एकता पार्टीको कुनैपनि केन्द्रिय सदस्य समेतलाई जानकारी नदिएर एकाएक बाहिर आयो । यो वामपन्थी एकताम देखिएको मठाधिश प्रवृत्ति बाहेक अरुकुनै होइन अमेरिकी युरोपेली र भारती चर्को चलखेल जबर्जस्त रहिरहन्छ त्यहासम्म यो मठाधिश प्रक्रियामा फेरबदल नआउने निश्चित छ ।

संविधानमा देखिएको तितो सत्य ।

नेपालको वर्तमान संविधान कार्ययोन्वयन प्रक्रियामा छ । राज्यको पुर्नसंरचना राष्ट्रिय रूपमा अत्यन्तै प्रतिकुल र बिदेशी साम्राज्यवादलाई प्रत्यक्ष लाभ र अनुकूलता पैदा हुने खालको छ । आर्थिक राजनीतिक सामाजिक र भौगोलिक रूपमा नेपाललाई खण्डित पारेर आफ्नो स्वार्थसिद्ध गर्ने खालको देखिन्छ । त्यही अनुरुप बर्तमान संविधान काम कारबाहीमा तदाकरुकता देखिन्छ पहिलो आर्थिक समस्या र आत्मनिर्णयको अधिकार लाई कसरी बुझ्ने भन्ने समस्या नै मुख्य समस्या हो । हल्ला र उग्रराष्ट्रवादी चिन्तनबाट आएको परिणाम अन्ततोगत्वा जर्मनी वाइबर संविधान जस्तै हुने संभावना धेरै हुन्छ । संविधान सभाको चुनाव पछी संविधान लेख्न साडेपाँच बर्ष लाग्यो त्यस्तै कार्यन्वयनको दशबर्षमा बिखण्डनको डरलाग्दो अबस्थामा जाने देखिन्छ ।

सत्य तर अचम्मित निर्णय र निर्वाचन

२०४६ सालको पन्चायत बिरोधि जनआन्दोलनको बेला देशको चारैतर प्रजातन्त्रवादीहरुले घेराबन्दी गरेर दरबार नजिकै पुग्दै गर्दा तत्कालीन राजा बिरेन्द्रले कहाँनेर छन । पन्चहरु भनेर पञ्च्यायतीहरुले हकार्दा एउटी कलीली सुन्दरी रानिपोखरी नजिकै साझा पेट्रोल पम्पमा बिच्छायर राखेका इट्टाहरु सलावरमा बोकेर पञ्चायत बचाउन जनआन्दोलनको भिडलाइ निशानी बनाएर हानिरहेकी थिइन आज उनै चेली शसक्त राजनीतिमा लागेर राजतन्त्रको पुनर्बहाली गर्न राजनीतिमा लगेको भन्ने चतुर्‍याइँ चेली आश्चर्यजनक ढङ्गले एमालेमा प्रवेश एमालेमा प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट जिल्ला पार्टीले नदिएको अबस्थामा स्वतन्त्र उम्मेदवारी दर्ता फिर्ताका नौटंकी चलाउन सिपालु चेली एमाले पार्टिमा सयौं ईमानदार कर्मठ महिला नेतृत्व हुदाँहुदै राष्ट्रिय सभा सदस्यको रूपमा एकाएक उदाएकी चेली राष्ट्रिय सभाको सपथ नलिदै म मन्त्री हुने लायक महिला हु भन्नू र हिमानिलार्र्इ मन्त्री परिषदको बैठकद्वारा निर्बिरोध चैयनको लबिङ सुरुवातले वमपन्थी मठाधिश र जर्मनी वाइवार संविधान रहस्यमय प्रर्दा पछाडिको सुन्दरी प्रतियोगिता हो । यसले देशको सम्पुर्ण अधिकार राजतन्त्रको आगँन फराकिलो हुने देखिन्छ ।