लाहपरवाहीको यस्तो पराकाष्टा,विद्यालयबाट हाइकिङ गएका तामाङ चार दिनदेखि बेपत्ता

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएपछि स्थानीयहरु आक्रोसीत भएका छन । उनिहरु बेपत्ता बिद्यर्थीको खोजीको लागि जिम्मेबार निकाय मौण रहेको भन्दै सातदोबाटो स्थीत प्रहरी प्रभाग घेर्न पुुगेका छन ।

फुलचोकी शिखरमा पुगेर फर्कने क्रममा ललितपुर, थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोन तामाङ अघिल्लो बिहीबारदेखि हराएका हुन । फुलचोकी डाडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन । फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएको बताइएको छ । रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएको बताइए पनि तर उनिसंगै गएका जोनका साथी सबिन भुजेल शिक्षकले वास्ता नगरेको बताउछन । ‘विद्यार्थी हराएको ठाउमा ठुल्ठूला भीर छन । के कारणले हरायो भन्ने किटान गर्न सक्ने अवस्था अहिले छैन ।’ प्रहरीलाई बिहीबार नै जानकारी गराइए पनि अँध्यारो भएका कारण सामान्य खोजबिन गरेर प्रहरी फर्केको थियो ।

खोजी कार्य आजसम्मा पनि जारी रहेको प्रहरीले बताएको छ । विद्यार्थी गोदावरीबाट करिब सात किलोमिटर हिडेर फुलचोकी पुगेका थिए । गोदावरीदेखि फुलचोकी शिखरसम्म सात किलोमिटर दूरी भए पनि पाच किलोमिटरसम्म सडक यातायातको सुविधा छ । सडक पुगेको ठाउसम्म गाडीमा गएर बाकी दुई किलोमिटर मात्र पैदल हिडाउनुपर्ने भन्दै अभिभावकले विरोध गरेका छन् । ६ कक्षामा पढ्ने भए पनि उनी १७ वर्षका छन् । विद्यार्थी हराएपछि प्राचार्य ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोजीका क्रममा उनलाई पनि सगै लगिएको छ । खोजीमा अभिभावक, स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र र सेनासमेत खटिएका छन । उनीहरूसगै तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ । पछिल्लो समय हाइकिङ तथा साथीभाइसगै मिलेर घुम्न जाने प्रचलन बढे पनि सुरक्षा संवेदनशीलता अपनाउन नसक्दा पटक पटक दुर्घटना हुने गरेको छ ।

अभिभावकलाई जानकारी नै नदिई विद्यार्थीलाई विद्यालय बाहिर लैजाने निजी विद्यालयको नकारात्मक प्रबृत्ति यो घटनासँगै फेरि बहसमा आएको छ । फूलचोकी हाइकिङ गएका एक विद्यार्थी चार दिनदेखि बेपत्ता रहँदा अभिभावक र आफन्तले विद्यालयको लापारबाहीका कारण घटना भएको भन्दै कारबाहीका लागि प्रहरीमा दबाब बढाएका छन् । यता प्रहरीले भने उनको निरन्तर खोजी भइरहेको जनाएको छ । वेपत्ता भएको चार दिन वित्दा पनि नभेटिएपछि आक्रोशित अभिभावकले आइतबार महानगरीय प्रहरी वृत्त, सातदोबाटो परिसरमा नारावाजी गरे । अभिभावक संघ नेपालले समेत यो घटनालाई लिएर आपत्ति जनाएको छ । र विद्यालयको चरम लापरबाही र गैरजिम्मेवारपन भएको अभिभावक संघका पुर्वअध्यक्ष सुप्रभात भण्डारीको आरोप छ । फूलचोकीबाट फर्किने क्रममा जोन हराएको भनिएको छ ।

तर, अभिभावकले भने आफ्नै गल्तीका कारण घटना हुँदासमेत प्रिन्सिपलले तत्काल खबर नगरेको भन्दै घटनामा उनकै संलग्नता हुनसक्ने आशंका गरेका छन् । मदिराले मातेका कारण प्रिन्सिपलले समयमै खबर नगरेको र गरेको भए जोन भेटिने परिवारको दावी छ । प्रहरीले भने जोनको खोजी भइरहेको जनाएको छ ।  पछिल्लो समय राजधानीको विद्यालयहरुको लापरबाहीका कारण विद्यार्थीहरु असुरक्षित बनिरहेका छन् । कोही अपरणमा पर्ने त कोही हराउने, मृत्युहुने जस्ता घटनाहरु बढिरहेका छन् । जुन विषय निकै डरलाग्दो बन्दै गइरहेको छ । यसमा सम्बन्धित पक्ष सचेत हुन जरुरी छ । र यो घटनाको सत्य तथ्य विवरण बाहिर आउनु जरुरी छ ।