गोर्खाल्यान्ड नेता नेपाल प्रहरीले पक्राउ गरि भारतीय प्रहरीलाई बुझाएपछि बेपत्ता

भारतीय प्रहरीको खोजीको सुचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन् ।

भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको प्रहरीको एक उच्च स्रोतले जानकारी दिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

थापाथलिस्थित ससुरालिमा बस्दै आएका थुलुङलाई छक्याएर पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको भए पनि नेपाल प्रहरीले भने उक्त घटनाको बारेमा कुनै जानकारी नभएको भन्दै पन्छदै आएको छ ।