एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्ष ?
प्रकासित मिति : २०७४ माघ १४, आइतवार
प्रकासित समय : [nepaliTime]
पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ(आफ्नै रणनीतिमा देखिएका छन् ।शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक(अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन।
सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।
ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली(दाहालबीच अढाई घन्टा छलफल भएको थियो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

