चितुवाको ३ थान छाला र हड्डी सहित १ जना पक्राउ

कैलालीको चिसापानीबाट प्रहरीले चितुवाको छाला र हड्डी सहित एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ५ नम्बर प्रदेश अनुसन्धान ब्युरो नेपालगन्जबाट खटिएको टोलीले चितुवाको छाला र हड्डी सहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चिसापानीको एक होटेलमा बसेका कालीकोट धेोलाकोट गाउँपालिका ७ का ३४ बर्षिय कर्ण टमाटा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ३ थान चितुवाको छाला र हड्डी सहित टमाटालाई आवश्यक कारबाहीका लागि कैलाली प्रहरीको जिम्मा लगाइएको छ ।