स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ
प्रकासित मिति : २०७४ माघ १२, शुक्रबार ०१:५१
प्रकासित समय : ०१:५१
आइतु कट्टेल राहदेव सामुदायिक इकाइकी अनमी हुन् । गाउँमा बिरामीको उपचार गर्दै हिंड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन् । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाई छ ।
महिनावारी हुँदा घरमा बस्न नपाउने र बिरामीको उपचार पनि गर्न नपाउने गरेको उनको भनाइ छ । ‘महिनावारी भएको समयमा बिरामीको उपचार गर्न दिँदैनन्, देउता लाग्ने डरले म पनि छाउगोठमै बसिरहेको छ,’ उनले भनिन्।