अाखिर कहाँ बसेर यसरी ट्वीट् गर्छन् नवराज सिलवाल ?

यस्तो छ सिलवालको ट्वीट्

पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी कार्य तिब्र भएपनि अहिलेसम्म भेटाउन सकेको छैन । सिलवाल किर्ते कागजात गरेको अभियोगमा उनलाई प्रहरीले तिब्र खोजी कार्य गरेको हो ।

सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । बढुवाको लागि कार्य सम्पादन मुल्याङ्खकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएका थिए ।

उनले ट्वीटरमा ट्वीट् गर्दै सत्यतथ्यमा आधारित छानविनले सवै प्रश्नको सही उत्तर दिने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन् -जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य-तथ्यमा आधारित छानविनले नै सवै प्रश्नको सहि उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निस्पक्ष छानविन हुँदा आफु फसिने बुझेको हुन्छ र त्यहिवाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाइ फसाउने प्रपन्च १ सत्य दुइटा हैन एउटा मात्रै हुन्छ।झुठो टिक्दैन ।