राष्ट्रिय सभाको उम्मेदवार सिफारिसमा एमाले ६ नं प्रदेशमा चरम असन्तुष्टी

असन्तुष्ट पक्षले बुझायो ज्ञापनपत्र

नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको भनेपनि ६ नं प्रदेशमा  भने चरम असन्तुष्टी देखिएको छ  । ६ नं प्रदेशमा ब्यक्तिगत लाभ र ब्यक्तिगत सम्बन्धका आधारमा गैर पार्टी सदस्यलार्इ सिफारिस गरेको भन्दै असन्तुष्टी बढेको हो । गैर पार्टी सदस्यलार्इ सिफारीस गर्नुले पुराना नेता कार्यकर्ताको मानमर्यादामा आँच पुर्याएको भन्दै एमालेका अध्यक्ष ओली सहित उच्च शिर्ष तहका नेताहरूलार्इ ६ नं प्रदेशका असन्तुष्ट पक्षले ज्ञापनपत्र बुझाएको छ । 

असन्तुष्ट पक्षले जिल्ला पार्टीको निर्णय बिपरित आर्थिक लेनदेनको मिलोमतोमा नेताहरूले मनोमनानी ढंगले छनोट गरेको भन्दै सोमबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा पुगेर ज्ञापन पत्र बुझाएको हाे । 

स्रोतका अनुसार एमाले सल्यानमा भर्खरै अर्कोपार्टीबाट प्रबेश गरेका गैर पार्टी सदस्यलार्इ सिफारिस गरेको भन्दै असन्तुष्टी बढेको हो । ४ दिन अगाडि पार्टीमा प्रबेश गरेका ब्यक्तीबाट मोटो रकम रकम लिर्इ उनलार्इ  सिफारिस गरेको भन्दै एउटा पक्षले आपती समेत जनाएको छ । 

उता एमालेले भने  प्रदेश नम्बर ६ बाट कविता बोगटी ९महिला०, हुम्ला, । नन्दा शर्मा ९ महिला०, सुर्खेत, । नरपति लोहार ९दलित०, कालिकोट, भैरवसुन्दर श्रेष्ठ ९खुला०, जाजरकोट र ठगेन्द्र पुरी ९खुला० ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको बताइएको छ  ।  बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर १० गते मनोनयन गर्ने एमालेले जनाएको छ ।

यस्तो छ ज्ञापन पत्र