भारतीय साम्राज्यको अन्त्य बिना स्वाभिमान नेपाल असम्भव

नेपाली राजनीतिम भारतीय उपनिवेश

राजनीति आर्थिक स्वतन्त्रता बिनाकोदेशमा राष्ट्रिय स्वाभिमान अपांग हुन्छ
– होची मिन्ह

लेखक

नेपालको भौगोलीक सिमानाको आधार 

नेपाल एउटा स्वाधीन मुलुक मध्यको एउटा देश हो बेलायत साम्राज्यसँग हजारौंको बलिदानले आर्जेको देश नेपाल हो । बेलायत साम्राज्यले नेपालको जल जमीन जडिबुटी कब्जामा लिन उसले आफ्नो सबै शक्ति प्रयोग गरेर पनि हारेको र नेपाल एउटा स्वाभिमान राष्ट्रको रूपमा विजयको झण्डा फराएको राष्ट्र हो । सुगौली सन्धिमा स्पष्ट लेखिएको छ । मेचीदेखि पुर्वको सबै र महाकाली पारिको सबै भूगोल नेपालको हुनेछ र त्यहाँ बसोबास गर्ने रैतिहरु सबै नेपाली हुनेछन ।यसैलाई मान्यता दिने हो भने पुर्बको टृष्टावारी र पश्चिमको देउथल वारिसम्म नेपालको भूगोल र त्यहाँको जनता नेपाली हुन्छन जसको बलियो आधार उत्पादन ,संस्कृतिक ,बसोवास, भाषीक र धार्मिक रूपमा नेपालको बलियो आधार छ ।

उत्पादन आधार

नेपालको सिमाना कहाँसम्म हो भन्नेकुरा नेपालसँग सिमाना जोडिएका अहिलेको भारतको गणराज्य उत्तर प्रदेश र उत्तराखण्डलाई लिन सकिन्छ । जसको उत्पादन शैली उत्पादनका श्रोत र उत्पादनका साधन सबै नेपालको उपनिवेश अनुसार छन जुन कुराको तितो जानकारी सम्पुर्ण नेपालीलाई हुँदाहुदै त्यस्को बारेमा बोल्नुको अलबा मौण समर्थन जनाउँदै जानुले भारत साम्राज्य एकपछि अर्को हैकम नेपाल जमाएको हो जसका लागि एकीकृत र केन्द्रीकृत मुदाको जरुरत छ ।

संस्कृतिक आधार

अहिलेको भारत गणराज्यका जनता र नेपाल राष्ट्रका जनता बिच देखिने संस्कार ९९५ नेपालको उपनिवेश छ जस्लाइ भारतले पनी स्वीकार गरेको छ । जहाँ बसोबास गर्ने जनताको धर्म सस्कार रितिथिती नेपाली छ । भारतको कुमाउ गडवाल र नेपालको बैतडी डोटीको रितिरिवाज बाके बर्दिया कैलाली कंचनपुरको रिवाज र युपि उत्तराखण्डको रिवाज मिल्छ । युपिको रिवाज दिल्ली सरकारसंग अपोजेसन छ र उत्तराखण्डको रिवाज दिल्लीसंग असहमत रहन्छ । नेपालसंग सहमत रहनुले हाम्रो भूगोल र हाम्रा रैती कहासम्म छन भन्नेकुराको ऐतिहासिक अध्यनबाट तथ्य साबित गर्न सकिन्छ ।

धार्मिक आधार

जन्म मृत्यु बिबाह दान द्रब्य आदिलाई धार्मिक आधार मान्ने गरिन्छ । जसलाई आधार मान्ने हो भने नेपालको पहाडी क्षेत्र दैलेख जाजरकोट कालिकोटमा बसोबास गर्ने जनसमुदाय र भारतको उत्तराखण्डका जनसमुदायको धार्मिक रिवाज फरक छैन । त्यस्तै पुर्बको ओल्लो किराँत र पल्लो किराँत बर्तमान लिम्बु र खम्बु समुदायको रितिरिवाज भारतको दार्जि्लिङ सिक्किममा बसोबास गर्ने जनसमुदाय बीचमा एकरुपता छ । जहाँका समुदाय भारतमा बसोबास गरेरपनी नेपाली हौ भन्न खुसी मान्छन यो एउटा आधार हो ।

बसाइसराईको आधार

डोटीमा बस्ने नेपाली र कुमाउमा गडवालमा बस्ने समुदाय दोघरे सिलसिलामा छ्न एउटा घर गडवाल र एउटा घर बैतडी बनाएर बस्छन ताप्लेजुङ बस्ने राई लिम्बुको काकु भतिज दार्जि्लिङ सिक्किम बस्छ्न यो अर्को आधार हो।

गुमेको भूगोल फिर्ता लिनसक्ने बलियो आधार 

भारत स्वतन्त्र सग्राम आन्दोलन पछि बेलायत साम्राज्यले कब्जामा लिएको भूगोल बेलायतलेनै फिर्ता गर्नुपर्ने हुन्छ अझत सुगौली सन्धिमा नेपालले युद्धमा गुमाएको भुभाग इस्ट इन्डिया कम्पनीको हुनेछ भनिएको छ । भारतको हुनेछ भनिएको छैन जसलाई आधार मानेर जाँदा हाम्रा गुमेको भूगोल हाम्रै हुनेछ । अर्को आधार तत्कालीन बेलायत सरकारको नाम जोडेर बर्तमान बेलायत सरकार समक्ष भारतको नाममा मुद्दा दायर गर्ने हो भने भारत निजवाफ नेपालसामु घुडा टेक्ने छ र नेपालको सिमाना पुर्ब बाङ्ग्लादेशको रंगपुर र दिनासापुर पश्चिम् पन्जाब दक्षिण लुदियाना कामक्छ्यको बिषयमा कुरा उठेपछि भारत साम्राज्य पतनको दिसाम निश्चित जान्छ ।

दार्जि्लिङ र सिक्किम बिद्रोहमा भारतका ज्वारालाल नेहरुले जेलभित्र भन्ने पुस्तकमा त्यो सब भूगोल र रैतिहरु नेपाली हुन भनेको प्रमाण छ । जसलाई सरदार बल्ल्भ भाइ पट्टेलले बन्देज गराएका हुन । राजा बिरेन्द्रसँग दार्जि्लिङ र सिक्किम बासिले हामी मौसुफका रैतिहौ भनेको अर्को प्रमाण छ । बिपिसँग हामीलाई नेपाली नागरिक्ता दिलाइयोस भनेको प्रमाणपत्र अहिलेसम्म सुरक्षित भए अर्को प्रमाण छ । यी सब आधारहरु भारत साम्राज्यबादको बलियो आधार हो ।

भारत साम्राज्यको चलाखी

भारतले सुगौली सन्धिलाई कोल्याप्स गर्न १९५० लाई अपनाउन सफल भयो । नेपाल र भारत बिचको बिबादास्पद भूगोल सिमानालाई स्वतस्फूर्त भारतको बनाउन बेलाबेला सिमानामा अतिक्रमण हैकम जनाउन खोजेको छ । भारतले नेपालमा भारतबिरोध आन्दोलन भएपछि भारतको बिशाल भूगोल कानुनी हिसाबले नेपाल तिर जाने देखेको छ ।जस्लाइ थेग्न सिमानामा पर्खाल बनोस उसको चाहाना छ । जसको उपयोग नेपालका उग्रएन्टिइन्डियाजम प्रयोगमा ल्याउने र आफू संवत् सुरछित हुन खोजेको हो ।

नेपाली राजनीतिम भारतीय उपनिवेश

नेपालम सामन्तवाद बिरोधि आन्दोलनलाई अग्रेजको पालादेखी उपनिवेश बनाउदै आएको हो । जंगबहादुर राणाको पालादेखी उपनिवेश राजनीति बाहिय प्रभाव छायो । जसलाई बेलायतको असली कुत्ता भनेर राना परिवारलाई माक्र्सले भासित गर्नु भएको हो । त्यस्तै बिपिसम्म आइपुग्दा भारत प्रस्त राजनीति यथावत रहेको हो ।

नेपाली काग्रेसले आफ्नो अन्तिम लक्ष्य २०४६ सम्म आइपुग्दा सन्धि सम्झौता र भारत राजनीति उपनिवेशमा अलमल्ल पर्नुले नेपालका सिमानामा भारतीय हस्तक्षेप बढदैजानुको एउटा कारण थियो । त्यसकै सिलसिला वर्तमान बन्ने सरकारको नारिनसा छाम्न भर्खरै बिरगंजमा रातारात ५० बिगाहा जमिनमा हस्तक्षेप र अतिक्रमण बढाएको हो । जसको पछाडी कुनैपनि राजनीति दलहरूले सरकारलाई मात्रै दोष थुपार्ने र आफू मौन रहनुको दयनीय राजनीति उपनिवेश बाहेक अरु हुनैसक्तैन ।

नेपाली राजनीतिदल र भारत प्रस्त निति

भारत साम्राज्यवादको बन्ने सरकार र नेपाली भुमिमा उत्पादित राजनीति पार्टीको चरीत्र भारत हैकमवादी चपरिमुनी निर्देश हुँदै आएको तितो सत्य हो । नेपालको सत्तासीन पार्टी र भारतको सस्थापन सत्तारूढ परिवार बीचमा बक्यौता बाजि सत्ता सन्चालनले भारतले आफ्नो उपस्थिति जनाउने र खेलोफड्को गर्ने मौका पाएको हो नाममा एमाले माओवादी केन्द्र जे नाममा चिनिएपनी राजनीति स्वतन्त्रता बेगर राष्ट्रिय स्वाभिमान असम्भव छ । जबसम्म कुर्सिलाइ देशको महत्त्वपूर्ण मुटुको भल्ब भारत सग धरौटी राखिनेछ । तबसम्म भारतले नेपाल र नेपाली जनताको भाग्यमाथी खेलबाड गरिरने छ ।

भारतसंगको नेपाल समन्ध कस्तो हुन जरुरी छ

नेपाल स्वतन्त्र स्वाभिमान देश हो भौगोलिक परिवेशठित राष्ट्र हो । उत्तर र दक्षिणतिर बिशाल भूगोल र जनसंख्या रहेको भएपछि पनि एसियायी मुलुकमा सबैभन्दा भौगोलिक शक्ति बोकेको देश नेपाल हो नेपालको स्थिरतामाथी हस्तक्षेप भारतले गरेपछी भारतकैलागी महादुर्भाग्य हुनेछ भारत चीन दुबै हाम्रा असल छिमेकीको नाता मात्रै छ ।

त्यसैले हाम्रो राजनीति समन्ध होइन छिमेकी समन्ध हुन जरुरी छ । नेपाल र भारत बीचमा देखियको सिमा समस्या सुगौली सन्धिको साबिक नक्सा साछी राखेर टुंगोमा पुगेपछि नेपाल र नेपालीको हित अनुकूल हुनेछ अन्यथा सबै समस्या हलकोलागी राजनीति उपनिवेशबाट मुक्ति पाय भारत साम्राज्यको पतन स्वतस्फूर्त हुनेछ ।