गर्जिए राजधानीमा जाजरकोटका अगुवाहरु

भने अथाह संभावनाहरूको खानी जाजरकोट प्रचारमा आए जस्तो छैन

जाजरकोटका अगुवा तथा बुद्धिजिवीहरुले जाजरकोट प्रचारमा भएको जस्तो महामारीको केन्द्रमात्रै नरहेको बताएका छन । उनिहरुले जाजरकोट अनकौँ संभावनाहरुको खानी भएको बताएका छन ।  शुक्रबार राजधानीमा आयोजीत जाजरकोटको लोक संस्कृती पर्यटन पर्बद्धन सम्बन्धी मेला आयोजनाका बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले जाजरकोटलाई गलत ढंगले प्रचार गरिएको बताए । उनिहरुले राजधानीमा लाग्ने यो महत्वसबले सबै कुरा पर्दाफास गरेर जाने समेत बताए । कार्यक्रममा राजधानी बासी जाजरकोटी समुदायको बाक्लो उपस्थीती समेत रहेको थियो । कार्यक्रमकाे प्रमुख अतिथि रहेका पुराना जाजरकाेटी नेता तथा इतिहाँसबिद कालीबहादुर मल्ले जिल्लाकाे समग्र क्षेत्रकाे महत्वकाे  बारेमा बताएका थिए । 

यस्तो भन्छन जाजरकोटी जनताका जनप्रतिनिधी गणेश सिंह

जाजरकोट प्रदेश सभा क बाट निर्वाचीत गणेश सिंहले जाजरकोटी जनताको इच्छा पुरा गर्न आफनो काँधमा नयाँ जिम्मेवारी आएको बताए उनले आफुले जनता सामु गरेका बाचा एक एक पुरा गर्ने समेत बताए । संभावनाहरुको खोजी गर्दै चुनौतिहरुको सामाना गर्नुपर्ने धारणा राखे उनले काठमाडौमा हुन लागेको जाजरकोटी लोक संस्कृती तथा परम्परागत मेला जिल्लाको लागि नयाँ सुरुवात भएको भन्दै आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

जाजरकाेटका पुराना इतिहाँसबिद तथा  नेता मल्लले भने

जाजरकोटका पुराना नेता तथा माओबादी केन्द्रका नेता कालिबहादुर मल्लले लोक संस्कृती भनेको जनसंस्कृती भएकोले यसको संरक्षण र सर्मद्धन महत्वपुर्ण काम भएको बताए । उनले जाजरकोट बिबिध संस्कृतीले भरिएको संस्कृतीको धनी जिल्ला भएर पनि प्रचारमा आउन नसकेको बताए । मल्ले राजधानीमा आयोजित उक्त कार्यक्रम शान्त तलाउमा ढुंगा हानेको बताए । मल्ले यसले नयाँ सन्देश मात्रै छर्ने नभएर जाजरकोटीहरुलाई जागरुक बनाउन सहयोग गर्ने बताए ।

पुर्व सांसद गाेबिन्द बिक्रम शाहकाे भनार्इ

पुर्व सांसद तथा नेकपा एमालेका नेता गाेविन्द बिक्रम शाहले जाजरकाेटकाे संस्कृती सिंगाे नेपालकाे पहिचान मुलक संस्कृती रहेकेा बताए । शाहले  जिल्ला संभावनाहरूकाे खाेजीमा रहेकाे बताए । काठमाडाैँमा हुने राष्ट्रिय प्रदशनीकाे लागि तयारी ब्यापक हुनुपर्ने धारण राखे ।

यस्तो भने युवा नेता निरज आचार्यले

नेकपा एमालेका युवा नेता निरज आचार्यले जाजरकोटमा भएका अथाह संभावनाका कुरा बाहिर ल्याउन नसकेको कुरा बताए । उनले ढिमेको खाँडो लगायत जिल्लाका बिभिन्न ठाँउमा रहेका महत्वपुर्ण चिनारीहरुलाई बाहिर ल्याउन सबैको दायीत्व भएको बताए ।

नेता मुक्ती आचार्यको भनाई यस्तो थियो

कुनैबेला काठमाडौलाई चुनौती दिइरहेको जाजरकोट पर्दापछाडी रहनु दुखद कुरा रहेकोे बताए । नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा कार्यलय सचिब समेत रहेका आर्चार्यले प्राकृतीक र संस्कृतीको धनि भएर पनि संभावनाहरुलाई पहिल्याउन नसक्नु सबैको कमोजारी रहेको जिकिर गरे । उनले काठमाडौमा हुने जाजरकोटको संस्कृतीक प्रदशनी हरेक हिसाबले महत्वुर्ण रहेकोले सबैको भुमिका र दायित्व रहेको बताए ।


यस्तो थियो डा. दिर्घ आरसीको बुझाई

जाजरकोटमा जन्मी कर्मभुमी काठमाडौ बनाएका डा.दिर्घ आरसीले नराम्रो कुराको मात्रै प्रचार नभएर राम्रो कुराको प्रचार हुनु पर्ने बताए । गलत कुराको प्रचार बढी हुनुले जाजरकोट प्रती सबैको बुझाई गलत हुने बताए ।

गर्जिए युवा नेता तथा भेरी नगरपालिकाका मेयर सिपी घर्ती पनि

जाजरकोट अनेकौँ संभावना बोकेको जिल्ला भएको कारण अब गफ चुटेर बस्नु भन्दा काम गर्न तिर उन्मुख हुनुपर्ने बताए । घर्तिले अब हरेकका बुझाई बदल्न आ आफनो ठाँउमा सबैले बुझाई र ब्यवहार बदल्नु पर्ने धारण राखे । सबैले फराकिलो मन बनाएर जाजरकोटको बिकासका लागि लागिपर्नु पर्ने बताए । उनले काठमाडौमा गर्न लागेको महत्वसव सबै हिसाबले महत्वपुर्ण रहेको भन्दै त्यसको लागि नगरपालिका र आफनो ब्यक्तीगत तर्फबाट सहयोगको कुनै कसुर बाँकी नरहने बताए ।

यस्तो थियो प्रभात चलाउनेको चेतावनी मुलक तर्क

पुर्व नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब तथा बरिष्ठ पत्रकार प्रभात चलाउनेले जाजरकोट राज्यको उचित ब्यवस्थापन र नितिमा सहि दृष्ट्रीकोण नभएका कारण पछि परेको बताए । उनले राज्य ब्यवस्था नै सहि पोजीशनमा नभएकोले त्यसको उदाहरण जाजरकोट भएको बताए । चलाउनेले जिल्लाको बारेमा जिल्लाको सहि पहिचान निमार्ण गर्नु पर्ने भन्दै नेतृत्वहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्नु पर्ने जिकिर गरे ।


जाजरकाेटी नेता डम्बर सिंहले भने

अब जाजरकोटकोलाई नयाँ तरिकाले अगाडी बढाउन जरुरत भएको बताए । नेकपा एमालेका जाजरकोटका अध्यक्ष समेत रहेका सिंहले सबै हिसाबले संभावित जिल्ला भएर पनि पछाडी पर्नु दुखद रहेको बताए ।

बुद्भिजिवी हेरम्भ शाहको भनाइ

संभावनाहरुलाई पहिल्याउनु आजको आबश्यक्ता रहेको शाहको बुझाई छ ।

सामाजसेवी यज्ञबिक्रम साहीको धारण

जाजरकोटकोट परिबर्तन गर्न सबैको सहकार्यको आबश्यक्ता रहेको बताए । शाहीले जिल्लामा अब संभावनाहरूकाे खाेजी गर्दै समृद्भी तर्फ उन्मुख हुनुपर्ने बताए । जाजरकाेटी सेवा सामाजका अध्यक्ष समेत रहेका शाहीले जिल्लाको लागि यो महत्वसब ऐतिहाँसीका हुने समेत बताए । 

पत्रकार हरिहरले पनि भने

जाजरकाेटका पुराना तथा अनुभवि पत्रकार हरिहरसिंह राठाैरले दलहरूले जिल्लाकाे वास्तविकतालार्इ बुझ्न नसकेकाे बताएका छन । उनले राजनितिक दलहरूकाे खिचातानीले जिल्ला थिलाे थिलाे परेकाे भन्दै नेताहरू सुर्धिन जरूरी रहेकाे बताए । जिल्लाकाे मुहार बदल्न सबैकाे भुमिका महत्वपुर्ण रहेकाे भन्दै सबै लागि पर्नु पर्ने बताए ।