बिरेन्द्रपालका दुर्इ शक्तिशाली – गजल

थाहा छ इट्टा-ईट्टा मिलेर घर बन्छ 

लेखक

थाहा छ इट्टा ईट्टा मिलेर घर बन्छ 
जसरी थोपा थोपा मिलेर सागर बन्छ ।

कतै तिर गाउँ कतै बजार भन्ने गर्छौ
आखिर मान्छे मिलेर त शहर बन्छ ।

घमण्ड नगर तिमी माइति बसिराख
याद आउछ जब मेरो जस्तै थर बन्छ ।

घरबाट छोरालाई छोडुवा छोडेपछि ।
त्यहा महान बन्दैन छोरो तस्कर बन्छ ।

जब तिमी र म नङ मासु जस्तै हुन्छौ
संसार देख्ने एउटा अर्को अधर बन्छ ।

देश बेचिदैछ कानुन लुटिदैछ सब हुदैछ
कहि नहुने नेपाल मा हुने गजब हुदैछ ।

म यसकारण अरु भन्दा फरक मान्छे हुँ
नजिकै दुश्मन आयो यता उत्सव हुदैछ ।

मलाई आजै प्रेमबारे नसोध्नुस महोदय
खुर्सानी चाख्दा पिरोको अनुभव हुदैछ ।

उसले प्रेममा धोका खायो तनाव भयो
पहिले तनाव थियो अहिले गौरव हुदैछ ।

चिहान बाउ बाजे सबैले घरमै बनाए
छोरो शहर आयो चिहान अरब हुदैछ ।

 आठबिस न पा  १ सात्तला दैलेख