इन्डोनिशया सरकारद्वारा एक नेपालीको गोली हानी हत्या

यस्तो रहेछ कारण

इन्डोनेशिया सरकारले एक नेपालीको गोली हानी हत्या गरेको हो । प्रहरीले ३४ वर्षीय शरण तामाङको गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोप लगाउदै मेट्रो पुलिसले तामाङलाई गोली हानेर मारेको हो ।

तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो । प्रहरीका अनुसार तमाङ बसेको होटलबाट ३.४ किलो लागु अौषध मेथ भेटिएको छ ।