इँटा प्रहारबाट भक्तपुरमा एक जनाको हत्या

कारण मदिरा र महिला

महिलासँगको सम्बन्धलाई लिएर भक्तपुरमा एक व्यक्तिको हत्या भएको छ। चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा हत्या भएको हो। सैंजु कृषि पेसामा आबद्ध व्यक्ति हुन्।

बुधबार बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो। घटनामा शंकास्पद दुई जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरमा डिएसपी कृष्ण प्रसाईले बताए।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा उनकै आफन्तहरुसँग छन्। मृतक सैंजू दैनिक मदिरा पिउने गरेका थिए। उनको एक महिलासँगको सम्बन्धलाई लिएर विवाद भएको थियो। सोही विवादमा उनलाई इँटाले टाउकोमा हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।