आन्तरिक पर्यटकहरुको आकर्षणको थलो बन्दै पैयाँखर्क

यसरी जालसंग रमाउछन पर्यटकहरु

जाजरकाेट, दही, दुधको दैनिकब्यापार सजिलोकालागिजमानामा भैसी पाल्ने गोठाईना (खर्क)का रुपमा रहेको पैयाखर्कमाहिजो आजआन्तरिक पर्यटकहरु जाल खेलेर रमाउनथालेकाछन् । कार्य ब्यस्तताले बोरफ्लिङ्गभएका सरकारी कार्यालय प्रमुखतथाअन्यकर्मचारीहरु रमाईलो सनिवार मनाउन पैयाखर्चमापुगेर आनन्दलिनथालेका छन् । विद्यालयमाअध्ययनरत विद्यार्थीद्धाराबेला–बेलामागरिने वनभोज स्थलको पहिलो रोजाईमा पर्न थालेको छ पैयाखर्क ।

सदरमुकामखलंगाको मुख्यबजार देखि तीनकिलो मिटरको दुरीमा रहेको पैयाखर्क पुग्न पैदलयात्रा ४५ मिनेट लाग्ने गर्दछ । सुनसानवातावरणमा ब्यस्तताको कार्यबोझले गह्रौ भएको दिमागहलुङ्गो भएको महसुस गर्दछन पैयाखर्क पुग्नेहरु । ढिक्कीमा कुटेको लोकलचामलको भात, कालो सिमीको दाल, बारीवाटै टिपेर पकाएको काउली–आलुको मिक्स तरकारी, तिल–भाँङ्गो–गोलभेढा र तामा थरी–थरीको अचार काँसाको थाली र कटौरामा सजाएर पेटभरी खाना पाएपछि बालपनमापाएको मातृ स्नेहीतालाई स्मरण नगर्ने कोहीनहुने बारेकोट गाउँपालिकाकाकार्यकारी अधिकृत अमर घर्तीको भनाई रहेको छ ।

होमस्टे«हको अनुभुतीहुने गरी खानाखाएर पारिलो घामसंगको संगत, पैयार्खकको दक्षिणमा अबिरामतरिकाले बगीरहको भेरी नदीको कलकलाउदो दृष्य, सुन्दर मैदानी भु–भाग रुकुमचौरजहारीको फाँट, सल्यानको कुमाँख लेख, सेताम्यै भएर बाह्रै महिनाहिउले सिंगारीको धौलागिरी हिमाल, पुर्वमा रुकुमको सिस्ने हिमालको मनमोहकदृष्यावोलकणले लालाहीतबनाएको कुशे गाउँपालिकाकाकार्यकारी अधिकृत ठानेश्वर भण्डारीले वताए ।

एकान्त, जंगलको बीचमा सिस्नु, मकैको रोटी, लोकलकुखुराको मासु लगाएतकालोकलउत्पादनखानाका परिकारहरु खानापाईने, छोटो समयकालागिभएपनिसाईबर संसारवाट एकैछिन हराउनकालागि पैयाखर्क निकै उपयुक्त ठाउँ भएको भेरीनगरपालिकाका कृषिशाखाप्रमुख मुकेश रामजालीले वताए । श्रद्धालु भक्तजनहरुकालागिपनि पैयाखर्क निकै उपयुक्त स्थलभएको पत्रकार दिपेन्द्र शर्माको भनाई रहेको छ । पैयाखर्क नजिकै पुर्वी भागमा रहेको मालीकामन्दिर जिल्लाकै निकै चर्चित र पुरानो मन्दीर हो पत्रकार शर्माले भने–‘मालिकामाईले स्नानगर्दै आएको पैयाखर्कमाबगिरहेको पानीले स्नानगर्दा पुन्य हुन्छ ।’

समुन्द्री सतह देखि १३ सय मिटरको उचाईमा रहेको पैयाखर्कमाआलु, पिडालु, तरुल, फर्सी, केरा, सुन्तलालगाएतकाफलफुलहरु लोकलउत्पादनका रुपमाखानापाईने पैयाखर्क निबासीधनबहादुर बस्नेतले वताए ।हजार मिटरको दुरीवाट पाईपद्धारा ल्याएको पानीलाई पोखरीमाजम्मा गरेकाधनबहादुरले माछा पालन गरेका छन् । आन्तरिक पर्यटकका रुपमा पैयाखर्क पुग्नेहरुलाई रमाई–रमाई माछा पोखरीमाजाल खेल्न पाउने ब्यबस्थापनिबस्नेतले गरेका छन् ।

जिल्ला सदरमुकाम देखि पश्चिमजाजरकोटका लागिजाने मोटरवाटो पैयाखर्क नजिकको भु–भागलाई छोएरजानलागेको बस्नेतको भनाई रहेको छ । पैयाखर्क यातायातसंग जोडिएपछि ब्यबसायिक रुपमाहोमस्ट्रेह संचालनगर्ने सोच रहेको वताउदै बस्नेतले भने–‘पैयाखर्क सदरमुकामखलंगाबासीकालागि दैनिकपिक्निङ्क स्थ लबनेको छ, नगरपालिकाले बजेको ब्यबस्थागरिदिएको भएबाह्रै महिनापिक्निङ्कखानामिल्ने पिक्निङ्कहाउस बनाई दिने थियौं ।’ भेरी नगरपालिकाले पनिकषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिकपूर्वाधारकाकाममाविशेष जोड दिने वताउदै आएको छ ।