ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिनसहित माओवादी नेता शेष प्रहरी फन्दामा
प्रहरीले ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिन सहित स्थानीय माओवादी नेता गरिवे शेषलाई नियन्त्रणमा लिएकाे छ । नेपाल प्रहरीको ५ नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको टोलीले बाँके खजुरा गाउपालिका– ५ उढरापुरबाट ३८ वर्षिय गरिवे शेषलाई एकथान ईटालियन ६.५ को पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली म्यागेजिन सहित पक्राउ गरेको हो ।
पक्राउ परेका शेष जिल्ला प्रहरी कार्यालय बाँकेको हिराशत कक्षमा रहेका छन् । उनको साथमा रहेको भे ५ प ४२०४ नं. को डिस्कभर मोटरसाईकल समेत प्रहरी नियन्त्रणमा छ । प्राप्त सूचना अनुसार शेषले हतियारको डिलगरी ५० हजार भारतीय रुपैयाँमा विक्रि गरेकोे अवस्थामा सो रुपैयाँसहित पक्राउ परेका हुन् । तर, प्रहरीले भने शेषको साथबाट कुनै पनि रुपैयाँ बरामद नभएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी इनेस्पेक्टर अरुण कुमार सिंह अनुसार प्रहरीले शेषको साथबाट हतियार र त्यसको गोलीमात्र बरामद भएको दावी गरेकाे हाे । सिंहका अनुसार स्पेशल व्युरोको टोलीले शेषलाई पक्राउ गरेर जिल्लामा बुझाएको हो । उनले बरामद भएको हतियार बेच्नको लागि डिल गरिरहेकै बेलामा प्रहरी फन्दामा परे हतियार किन्न आएको व्यक्ति फरार भएकोले उनको साथबाट प्रहरीले कुनै रकम बरामद गरेन ।’ अबैध हतियारसहित पक्राउ परेका शेष माओवादी केन्द्रका स्थानीय नेतासमेत हुन् । उनी स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नं ५साविक उढरापुर गाविसको वडाध्यक्षका उमेदवारसमेत बनेका थिए ।