स्वास्थ्य चौकी मैनाद्धारा स्वास्थ्य शिवीर सञ्चालन

बारेकोट गाउँपालीका, ४ मैनामा रुघाखोकिका विरामीहरुको संख्या बढ्दै गएको छ । भाईरल ज्वरोका विरामीहरुको संख्या वढ्दै गएपछि मैना स्वास्थ्य चौकीको आयोजनामा आईतवार बारेकोट ४ मैना स्थित गोरख आधारभुत विद्यालयमा स्वास्थ्य शिवीर सञ्चालन गरिएको स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष देवराज वोहराले जानकारी दिए ।

बारेकोट, ४ मा मात्र झण्डै डेढ सयको संख्यमा रुघाखोकीका बिरामी भएपछि स्वास्थ्य चौकीमा रहेको औषधीको प्रयोग गरि सञ्चालन गरिएको एक दिने शिवीरमा ८० जना विरामीको उपचार गरिएको स्वास्थ्य चौकी मैनाका ईन्चार्ज हरिबहादुर शाहीले जानकारी दिए । तीन साता पहिले देखि जाजरकोटको जुनीचाँदे गाउँपालिकामा फैलिएको भाईरल ज्वरोको प्रकोपले १३ जनाको ज्यान गैसकेको छ ।