सावधान ! जहाँ पायो त्यहीँ फोहोर फाल्दै हुनुहुन्छ ?

राजधानीको सडक, गल्ली र बाटोमा जथाभावी फोहोर फ्याक्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आग्रहमा आज(सोमबार)बाट प्रहरी परिचालन हुने भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

जहाँ भेट्यो त्यहींबाट पक्राउ गरी कारबाही गर्ने अधिकारसहित प्रहरी परिचालन गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी, कामपाका मेयर र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखसहितको बैठकले राजधानीलाई फोहोरमैलामुक्त शहर बनाउने योजनाहसहित प्रहरी परिचालन गर्न लागिएको हो ।