स्वतन्त्र मुलुकमा भारतीय साम्राज्यको उपस्थिति र लाचार राजनीति

भारतीय साम्राज्यको नेपाल प्रतिको मोह 

दुश्मनी देशको राज्य ब्यवस्था आफ्नो काबुमा लिनको लागी त्यो देशको कानुनमा आफ्नो हस्तक्षेप बढाउनु पर्छ ।- हिटलर

नेपाली राजनीतिमा आफ्नो चर्को उपस्थिति देखाउन नेपालका हरेक राजनीति आन्दोलन र प्राप्त उपलब्धिबाट बन्ने सरकारमाथि यो वा त्यो ढंगले भारत सक्रिय रहदै आएको तितो यथार्थ हो ।

लेखक

भारत साम्राज्यको नेपाल प्रतिको मोह 

नेपालीको राज्य ब्यवस्था र शासकिय स्वरुप आफू अनुकूल बनाउन भारत हरेक समय सक्रिय देखिन्छ । २०७४ सालको संविधान भारत अनुकूल बनोस् भन्ने भारतको इच्छा थियोे । उक्त संविधान युरोपेली साम्राज्यवाद अनुकूल लेखिएपछि भारत र भारतिय संस्थापन पक्षको मोदि परिवार नेपालप्रती रुष्ट र असन्तुष्ट देखियो । जस्ले बिरोध स्वरुप नाकाबन्दी घोषण गर्दा नेपाल र स्वयम भारतको प्रतिपक्षी काँग्रेसबाट तिब्र आलोचना खेप्नुपरेको थियो ।

त्यसपछिका घटनाको अध्यन नगरी नयाँ निति र सिद्धान्त नबदली नेपालमा आफ्नो उपस्थिति जनाउन भारत असमर्थ देखिएपछि मोदि परिवार नेपाली राजनीतिमा आफ्नो गुमेको प्रभुत्व यथास्थितिमा राख्न नयाँ सैलिमा र्पख र उपयोग गरको नितिलाइ उपयोग गरेको छ । नेपालको जल, जमिन र जडिबुटीम आफ्नो प्रभुत्व जमाउन भारत साम्राज्यले राजनीति आर्थिक सस्कृतीक बाटोबाट नसक्ने भएपछि नेपालको स्वच्छ र स्वतन्त्र कानुनलाई समाप्त पार्न आफ्नो नयाँ राजनीति मार्गतय गरेको छ । जस्लाइ नेपाली राजनीति दलहरूले मुकदर्शक भएर मौण स्वीकार गरेका छ्न । जस्लाइ लज्जास्पद वृतचित्र भन्न सकिन्छ।

जमिनप्रती भारतिय साम्राज्य

भारतीय साम्राज्यवादले नेपालको भूगोल पुर्बको मेचीदेखि पश्चिमको महाकाली सम्मको भु भाग अतिक्रमणको सिकार गरिरहेको छ । जस्लाइ नेपालका हरेक राजनीति दलहरूले सरकारमा पुग्नका लागी मुख्य मुद्धा बनाउने गरेका छन । अनि चुनाव जितेर अरु राष्ट्रघाती सम्झौता गरेरै भारत अनुकूल शासन ब्यवस्था संचालित भएका छन । नेपाली जनताको भारत बिरोधि मानसिकता बढदै जानु र राजनीति दलहरू भारतको उपभोग्य साधनको रूपमा प्रयोग हुनुले नेपालको जमिनमा प्रत्यक्ष अतिक्रम गर्दै आएको हो ।

३०५ नेपालको भूगोल अतिक्रमण पछि भारतको वर्तमन मोदि परिबारको नयाँ योजना नेपाल र भारत बीचमा बौडरसशिल होस भन्ने चाहाना राखेको छ । किनकी भारतले ३० प्रतिशत भूगोल नेपाली जनताको बिरोध हुँदाहुदै प्रत्यक्ष आफ्नो कब्जामा लिन सकियोस् भन्ने सोचाइमा छ । त्यसको अप्रत्यक्ष उपयोग नेपालका एमाले बर्तमान ओलि परिवारलाई एन्टी इन्डियाइजमबाट प्रयोग गर्न चहान्छ । जस्ले नेपाली जनताको भाबनामा पनी चोट नपुगेजस्तो हुने र आफ्नो स्वार्थमा पनि खुसी आउने इन्ट्रेसमा छ ।

जस्लाइ नेपाली जनताको दुर्भाग्यपूर्ण दशा हुने छ । यदि बौद्धिक शैलिमा नेपाल भारत सिमा विवाद मिलान गर्न सिमाना शिलगर्न १९५० को सन्धिमा तोकिएको मेचि पुर्बको सबै भूगोल र महाकाली पश्चिमको सबै भूगोल नेपालको हुनेछ र त्यहाँ बसोबास गर्ने रैतीहरु सबै नेपाली हुनेछन भनियको छ जस्लाइ आधार मानेर सिमा विवाद मिलाउने हो र बौडर शिल गरियो भने ३०५ भूगोल नेपालीको फिर्ता हुनेछ र नेपाली सार्बभौम रहनेछन् । यदि त्यसो नगरी इमोसनल भारत बिरोधि विचारमा सिलबन्दी गरिएको खण्डमा नेपाली जनताको र सार्बभौमसत्ता विरुद्धमा हुने देखिन्छ ।

जलप्रतिको भारतीय चाहाना

नेपालबाट भएर भारत बग्ने नदिनाला जलविद्युत सिचाइहरुको प्रत्यक्ष उपयोग जसरी भारतले गरेको छ । त्यसको असुरक्षालाई ख्यालगर्दै भारत हरेक समस्या समाधानको नयाँ खोजी गरिरहेको हुन्छ । कर्णाली ९ घागरा जलविद्युतबाट जतिसुकै भारतलाई फाइदा छ । मौसमी प्रतिकुल्ताको कारणले त्यतिकै समस्या थियोे । जसको समस्या समाधानको लागि अपर कर्णाली जलविद्युतबाट मौसमी सुरक्षा र सिचाइ समाधान भारत अनुकूल रहेको थियो ।

जसको उपयोग प्रचण्ड , माधब नेपाल सुशील कोइराला सरकार प्रयोगमा ल्याउन भारत सफल रहयो जस्ले जलबायु परिवर्तनको समयमा नेपालका बिसाल उत्पादनयुक्त भुभाग असुरक्षाको उच्च जोखिममा परेको तितो सत्य हो । त्यस्तै महाकाली गण्डकी कोसिबाँधबाट भारतलाई हुने खतराबाट सुरछित हुन भारत बिरोधि तत्कालीन तत्वलाइ उपयोग गरेरमात्र सम्भब देखेर सिचाइ र जलविद्युतलाई असर नपर्ने गरि सम्झौता नेपालको पक्षमा भएजस्तो देखाउन खोजेको छ । जस्लाइ नेपाली राजनीति दलहरूले हचुवा र खेलाँची निर्णय गर्नेछ्न यो अनबिज्ञताको अर्को पाटो हो।

जडिबुटी प्रती भारतको चाहाना

भारतको अन्तिम चाहाना दक्षिण एशियाली भूगोलमा आफ्नो एकाधिकार बजार नीति र आर्थिक प्रभुत्व राख्न चाहान्छ जस्लाइ भारतको अनुमति बेगर तेस्रो मुलुक ब्यापार नितिबाट नेपाललाई बन्देज र घेराबन्दी गर्न चहान्छ । नेपालको आर्थिक उत्पादनमा झन्डै ४०५ जडिबुटी ब्यापार र प्रसोधनबाट हुने देखिन्छ । त्यसको लागि नेपालले तेस्रो मुलुक सँग सिधासिधा ब्यापार निति अबलम्बनको बाटो नजोडी असम्भव छ । जस्लाइ नरोकिने हो भने भारत भन्दा नेपाल आर्थिक सप्पन्न राष्ट्रको रूपमा गनिने छ ।

त्यसको रोकावट गर्न एरमार्सल या अरुकुनै नाम दिएर रोक्न चहान्छ । जतिसुकै उत्पादन र प्रसोधनका साधनहरु भारत अनुकूलको बनाउन चाहाना राख्छ त्यस्तै त्यस्तै नेपाली राजनीतिक दल र तिनीहरुको नेर्तित्वमा बन्ने सरकारले लिने नितिलाइ लिनसकिन्छ यो नेपाली राजनीतिमा देखिएको अर्को लाचारीपन हो ।

बर्तमान नेपाली राजनीति वृतचित्रमा देखियको लज्जास्पद संस्कार

नेपाली राजनीतिको बाटो जतिसुकै भारतलाई प्रवेशद्वारमा सजिलो भएपछि पनि जनताको भारत प्रतिको बिरोधि भावना र स्वाभिमानी चेतनालाई निरुत्साहित पार्न भारतले आत्मघाती सडक प्रयोगमा ल्याउन थालेको छ । डा गोबिन्द केसिले भ्रष्टाचार बिरोधि र स्वच्छ न्याय प्रणालीको लागि गरिएको आन्दोलन सहि हुदाहुदै त्यस्को प्रतिपक्षी न्याय क्षेत्र नै बिरोधाभाष बनाउनेतर्फ भारत अग्रसरतामा देखिन्छ । भारतिय एजेन्डालाई आत्मसात गर्ने न्यायाधीश प्रहरी प्रमुख सेनाको कमान्डरलाई यो वा त्योबाटो भएर घुसाउन भारतको सफल चाख हो यतिबेला डा गोबिन्द केसि गिरफ्तार काण्ड त्यसको प्रतिनिधि पात्रका रूपमा चिनिन्छ ।

यो बिषयमा नेपालका राजनीति दल र सरकारले चुइक्क समेत नबोल्नुको कारण भारतलाई नेपालको मुटुमा आफ्नो खेलोफड्को गर्नदिने मार्गमा सबै राजनीति पार्टी हुन भन्नेकुराको प्रमाणित गर्दछ । यहीँ यथास्थितिमा राजनीति तरलता र निहित स्वार्थमा राजनीति पार्टीहरु रहिरहने हो भने नेपाल अन्तर्राष्ट्रिय खेलो फड्कोको फराकिलो रनमैदान रहिरहन सक्छ चेतना हुन जरुरी छ।